back
CTIZAN AD

घर फर्कनेको घुइँचो

वि.सं.२०७८ फागुन २७ शुक्रवार

603 

shares

खलङ्गा । हिउँदे याममा कुनै काम घरमा नहुने भएपछि घरखर्च चलाउनका लागि व्यापार गर्न र रोजगारीका लागि भारत पुगेका जुम्लावासी घर फर्कने क्रम सुरु भएको छ । दैनिक नेपालगञ्जको रुपैडिया नाका हुँदै जिल्ला फर्कने जुम्लावासीको घुइँचो लाग्न थालेको भारतको उत्तरखण्डको चमेली हँुदै घर फर्किएका तिला गाउँपालिका–१का हिमाल रावतले जानकारी दिए ।

गाउँमा रोजगारीका अवसर नभएपछि कामका लागि यहाँका बासिन्दा भारतसम्म पुग्ने गर्दछन् । दसैँलगत्तै कालापहाड पसेका जुम्लावासी फागुन महिना लागेपछि घर फर्कन थालेका हुन् । “घरमै बसौँ रोजगारीका अवसर छैनन् । बेरोजगार भएर परिवार टुलुटुलु हेरेर बस्न सकिने अवस्था हुँदैन।” स्थानीयवासी विर्षबहादुर बुढाले भने, “कालापहाड रहर होइन, बाध्यता हो । हिउँदको सुक्खा याममा खेतीपातीका लागि कुनै काम हुँदैन । बालीनाली लगाउन फागुन महिनासम्म फर्किनुपर्छ । घर फर्कदा सीमानाकामा निकै सास्ती खेप्नुपरेको छ ।” जिल्लाका आठवटै स्थानीय तहका युवा जनशक्ति कालापहाड जाने गरेका छन् । गाउँमा रोजगारीको कुनै अवसर छैन । कालापहाड जानुको विकल्प पनि छैन ।

कर्णालीका सबैजसो जिल्लाबाट मजदुरीका लागि कालापहाड जाने भएकाले भारतका अधिकांश सहरमा कर्णालीवासी भेटिने गरेका छन् । प्रदेश सरकारले कर्णालीका जनताका लागि प्रदेशमै रोजगारी सिर्जना गर्नेमा कुनै चासो नदेखाएको नागरिक समाजका अगुवाले बताए ।

 

वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:१६ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...