back
CTIZAN AD

आज थपिए कोरोनाका ७७ संक्रमित, १ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २७ शुक्रवार

837 

shares

काठमाडौं । नेपालमा थप ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७,९८१ नमुना परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ७७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ८४८ पुगेको छ ।
त्यसैगरी आज १८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६० हजार ६८६ पुगेको छ ।

त्यसैगरी आज १ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।

नेपालमा हाल कोरोनाका ५ हजार २१२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ५,१०८ होम आइसोलेसन र १०४ जना संस्थागत आइसोलेशनमा उपचाररत छन् । ती मध्ये ३२ जना आइसीयु र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा थप १ लाख २६ हजार १९६ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । यो सँगै नेपालमा खोप अभियान सुरु भएयता ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा खोप लगाइसकिएको छ ।

नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ४२९ संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २७ शुक्रवार १५:२९ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...