काठमाडौं । नेपालमा आज १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ९ हजार ३२८ नमुना परीक्षणमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।
आज थपिएका ११२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ७८६ पुगेको छ । ती मध्ये आज निको भएका ४२९ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६० हजार ४९७ पुगेको छ ।
त्यसैगरी आज संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ९४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक रहेको छ ।
नेपालमा हाल ५ हजार ३४० जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ५ हजार २३० जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा ११० रहेका छन् । साथै ३४ जना आइसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यसैगरी थप १ लाख २९हजार २८५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७८ फागुन २६ बिहीवार १५:५८ मा प्रकाशित



























