२७ फागुन, काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरास्थित चरक मेमोरियल हस्पिटलबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहक र कर्मचारीले हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा बिशेष छुट प्राप्त गर्ने सक्नेछन् ।
उक्त सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन ।
यस सम्झौता अनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्युआर कोर्ड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार १६:२० मा प्रकाशित





























