back
CTIZAN AD

माधव नेपालसहित १४ जनाविरुद्व दायर मुद्दाको आज सुनुवाई हुँदै

वि.सं.२०७८ फागुन २९ आइतवार

813 

shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्व नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दामाथि आज सुनुवाई हुने भएको छ । ओलीले माधवसहित १४ सांसदको पद, एकीकृत समाजवादीको वैधानिकता र सभामुखको निर्णयको विषयमा दायर रिटको पेसी तोकिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासमा पेसी तोकिएको छ । यसअघि यो मुद्दा निरन्तर स्थगन हुँदै आएको छ ।

प्रमुख प्रतिपक्षी एमालेले यही विषयलाई नै लिएर संसदमा निरन्तर अवरोध गर्दै आएको छ । एमालेले १४ सांसदको राजीनामा वा सभामुखको राजीनामा भन्ने अडान राखिरहेको छ ।

एमाले अध्यक्ष ओलीले गत भदौ १७ सर्वोच्चमा रिट दायर गरेका थिए । ओलीले सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णंबहादुर घर्तीविरुद्व छुट्टा–छुट्टै रिट दायर गरेका थिए ।

वि.सं.२०७८ फागुन २९ आइतवार ११:४३ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...