back
CTIZAN AD

सपुतको गीतबारे बाेले बाबुराम, भन्छन् – आपत्ति मान्नपर्दैन, गीतले अपूर्ण क्रान्तिका पीडा बाेलेकाे छ

वि.सं.२०७८ फागुन २९ आइतवार

867 

shares

काठमाडाैं । प्रकाश सुपतकाे ‘पीर’ नामक गीतमाथि आपत्ति मान्नुपर्ने कुरा नरहेकाे जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले बताएका छन् । उनले सपुतकाे गीतले अपूर्ण क्रान्तिकाे पीडा दर्शाएकाे बताए । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने उनकाे भनाइ छ ।

गत शुक्रबार सार्वजनिक भएकाे गीतमा १० वर्ष सशस्त्र द्वन्द्वकाे नेतृत्व गरेकाे नेकपा माओवादी हाल (नेकपा माओवादी केन्द्र)माथि समीक्षा गरिएकाे छ । तत्कालीन अवस्थामा लडाइँमा हाेमिएका छापामारकाे पीडा गीतमा पाेखिएकाे छ ।

याे गीतमा वैदेशिक राेजगारीकाे पीडादेखि देहव्यापारसम्मलाई दृष्टान्त बनाइएकाे छ । तर, यसमाथि टिकाटिप्पणी भइरहेका बेला पूर्वमाओवादीसमेत रहेका भट्टराईले धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले सपुतकाे गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन ।अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ । त्यस निम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

वि.सं.२०७८ फागुन २९ आइतवार १२:२६ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...