back
CTIZAN AD

नगरपालिकाको कमजोरीको कारण लाखौँ रकमको उपकरण प्रयोगविहीन

वि.सं.२०७८ फागुन २९ आइतवार

798 

shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकीलाई उपलब्ध गराएका उपकरण प्रयोगविहीन बनेका छन् । सुदूरपश्चिम सरकारले उपलब्ध गराएका उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नहँुदा प्रयोगविहीन भएका हुन् । “लाखौं मूल्यका अल्ट्रासाउण्ड, इसिजी, एक्सरेलगायतका उपकरण सञ्चालन गर्नका लागि तालिमप्राप्त जनशक्ति चाहिन्छ”, स्वास्थ्यचौकी प्रमुख दुर्गादत्त भट्टले भने, “जनशक्ति नहँुदा महिनौँदेखि उपकरण कोठामै थन्किएका छन् ।”

कोभिड–१९ सङ्क्रमणका बेला नगरपालिकाले नियुक्त गरेका चिकित्सकले केही दिन उपकरण सञ्चालनमा ल्याएका थिए । नगरपालिकाको करार सम्झौता सकिएपछि चिकित्सक फिर्ता भएसँगै उपकरण स्वास्थ्यचौकीको कोठमा थन्क्याइएका छन् । “चिकित्सकले केही उपकरणमात्रै आंशिकरूपमा सञ्चालन गरेका थिए”, उनले भने, “केही उपकरण दक्ष जनशिक्तकै अभावमा सञ्चालन हुनसकेका छैनन् ।”

दुर्गमका ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि उपलब्ध गराएका उपकरण प्रयोगमा नआउँदा सेवाग्राहीले महङ्गो शुःल्क तिर्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा क्लिनिकबाट सेवा लिनुपरेको छ । “उपकरण थन्क्याएर राख्दा बिग्रने सम्भावनासमेत उत्तिकै छ”, उनले भने, “एक्सरे मेसिन त सञ्चालनमा नआउँदै खिया लाग्न सुरु भइसकेको छ ।”

स्वास्थ्यचौकीलाई उपलब्ध गराएका मध्ये अल्ट्रा साउण्ड मेसिनको मूल्यमात्रै रु २६ लाख बढी छ । यसैगरी एक्सरे र इसिजी मेसिनसमेत रु २० लाखभन्दा बढी मूल्यका छन् । लाखौँ रकम खर्च गरेर उपलब्ध गराइएका मेसिन सञ्चालनमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी भएको स्थानीय समाजसेवी करनबहादुर ऐरले बताए । “जनतालाई सर्वसुलभ र सहजरूपमा सेवा उपलब्ध गराउनुपर्नेमा उल्टै सास्ती दिने कार्य गरेको छ”, उनले भने, “तत्काल स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याउन नगरपालिकाले काम अगाडि बढाउनुपर्छ ।”

नगरप्रमुख दिलबहादुर ऐरले स्वास्थ्यचौकीमा रहेका उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापन गर्नका लागि कटिबद्ध रहेको जानकारी दिए । “केही दिनभित्रै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थान गरिन्छ”, उनले भने, “त्यसका लागि सम्बन्धित शाखाका प्रमुखसँग छलफल गरी समस्या समाधान गर्छौँ ।”

 

वि.सं.२०७८ फागुन २९ आइतवार १२:२० मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...