back
CTIZAN AD

नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २९ आइतवार

954 

shares

काठमाडौं । नेपालमा कोरोनाका थप ७३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५,०६२ नमुना परीक्षणमा ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ७३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ८७८ पुगेको छ भने आज निको भएका १९२ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६० हजार ८७८ पुगेको छ ।

त्यसैगरी नेपालमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको ंसख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ९५० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

त्यसैगरी हाल देशैभरी ५,०५० सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,९४९ जना होम आइसोलेशन र १०१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ४० जना आइसीयु र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख १ हजार ३०४ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

वि.सं.२०७८ फागुन २९ आइतवार १७:२१ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...