back
CTIZAN AD

एमसिसी नेपालको हितमा छ, भ्रमको पछि नलागौँ : नेकां नेता आचार्य

वि.सं.२०७८ फागुन २९ आइतवार

663 

shares

रसुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले एमसिसी परियोजना नेपालको हितमा रहेको भन्दै यसका विरुद्धमा छारिएका भ्रमको पछि नलाग्न कांग्रेसका स्थानीय कार्यकर्तालाई आग्रह गरेका छन् ।

रसुवाको दक्षिणी भेग पारच्याङमा नेपाली कांग्रेसको बागमती प्रदेश (क) द्वारा आयोजित भेलामा उनले भने, “देशमा विद्युत्, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको र हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै छैन, यस्ता भ्रमको पछि नलागौँ ।”

नेकां नेता आचार्यले अब यो परियोजनाको कार्यान्वयनको पक्षलाई सबैको सहमति र सहकार्यबाट अघि बढाउनुपर्नेमा पनि जोड दिए । मुलुकमा विद्युत् तथा सडक निर्माण जस्ता कार्यमा यो परियोजनाले सहयोग पु¥याउने भएकाले यसकाविरुद्धका प्रचार तथा नकारात्मक टीका टिप्पणीको पछि नलाग्न आग्रह गरे ।

रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद आचार्यले आफू समुन्नत रसुवा निर्माणका लागि अहोरात्र खट्ने प्रण पनि गरे । सोही कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी र जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्ने विभिन्न स्थानीय नेता तथा कार्यकर्तालाई आचार्यले स्वागत गरेका थिए ।

सो कार्यक्रममा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ र सचिव लक्ष्मणप्रसाद देवकोटा, प्रदेशसभा क्षेत्र (क) का सभापति श्यामकुमार गुरूङ, बागमती प्रदेशसभाका सभासदद्वय प्रभात लामा र प्रेम तामाङ, नेका बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य लामाकार्पु तामाङ, उपेन्द्र लम्साल, शेषकुमारी अधिकारीलगायतका वक्ताले भूकम्प र त्यसपछिका समयमा जिल्लामा सांसद आचार्यले गरेका सहयोगको सराहना गरेका थिए ।

 

वि.सं.२०७८ फागुन २९ आइतवार १७:१६ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’

काठमाडौँ । ‘आज आमैले किन्देको नौरती फुली, भोलि मैसँग होला...

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिईओ र डेपुटी...