Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

‘माफ गर्नुहोला डा. साहेब, सपुतको गीतले हिसीला म्यामलाई पनि छोडेको छैन’



काठमाडौं । शुक्रवारमात्रै सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘पिर’ मा माओवादी जनयुद्धमा लागेका जनयोद्धाहरुमध्ये महिला योद्धा देहव्यापारमा लागेको भन्नेजस्तो गलत सन्देश दिन खोजिएपछि उक्त गीतको यतिबेला सामाजिक संजालमा आलोचनाका शब्दहरु पोखिएका छन् ।

सोहि गीतलाई लिएर डा. बाबुराम भट्टराई अभिव्यक्ति प्रति पनि धेरैले आलोचना गरेका छन् । डा भट्टराईले उक्त गीतमा आपत्ति मान्नुपर्ने कुरा नरहेको तथा गीतले अपूर्ण क्रान्तिका पीडा बोलेको बताएपछि उनको पनि आलोचना भइरहेको छ ।

यसै सन्दर्भमा पुराना वामपन्थी नेता तथा लेखक म्याग्दीका चन्द्रप्रकाश बानियाले गायक प्रकाश सपुतको गीत पिरमा भनिएको कुराले डा. बाबुराम भट्टराई पत्नी हिसीला यमीलाई पनि नछोडेको र त्यो सत्य हो ? भन्ने प्रश्न डा. भट्टराई समक्ष गरेका छन् ।

उनले डा. भट्टराईलाई प्रश्न गरेका छन्– अवश्य पेट पाल्न जस्तोसुकै निकृष्ट मानिएको काम गर्न मानिस विवश हुन्छ । स्वभावतः माओवादी छापामारहरुमध्ये एकजना होइन कैयौं गलत धन्दामा लागेका होलान तर सारा त्यही बाटोमा छैनन् ।सबै महिला छापामारहरुलाई एउटै टोकरीमा राखेर प्रकाश सपुतले प्रस्तुत गरेको भिडियोले समाजमा गलत सन्देश सम्प्रेषण गर्ने नादानी गरेको छ । माफी चाहन्छु डा. साहेब ! त्यसले हिसिला म्यामलाई पनि छोडेको छैन । अवश्य पनि सत्य त्यस्तो होइन होला ?!’

सपुतको गीतबारे बाेले बाबुराम, भन्छन् – आपत्ति मान्नपर्दैन, गीतले अपूर्ण क्रान्तिका पीडा बाेलेकाे छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा