back

झापामा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

वि.सं.२०७३ चैत २ बुधवार

600 

shares
NTC AD

२ चैत, भद्रपुर  । नेपाल सरकारले पछिल्लो समयमा गरेको स्थानीय तहको पुनःसंरचनाअनुसार साविकको जिल्ला विकास समिति (जिविस) झापामा मङ्गलबारदेखि जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको सो कार्यालयले जनाएको छ ।

सो संरचनाअनुसार अब जिल्लामा आठ नगरपालिका — मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताशी नगरपालिका, गौरादह नगरपालिका, विर्तामोड नगरपालिका र गाउँपालिकाहरुमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिका भएका छन् ।

विगतमा निकै विवाद रहेको पुनःसंरचनाको विषयमा अन्तिम समयमा सबै राजनीतिक दलको सहमतिमा जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका भएका छन् । नयाँ संरचनाअनुसार झापाका आठवटा नगरपालिकामा कुल पाँचलाख ५२ हजार दुईसय चार र सातवटा गाउँपालिकामा दुईलाख ५६ हजार ३० जनसङ्ख्या भएको जिल्ला समन्वय समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहालले बताउनुभयो ।

जिल्ला समन्वय समितिबाट प्राप्त सूचनाअनुसार झापामा सबैभन्दा बढी जनसङ्ख्या मेचीनगर नगरपालिकामा एकलाख ११ हजार सातसय ९७ जनसङ्ख्या र क्षेत्रफल १९२.८५ वर्ग किमी र सबैभन्दा कम कन्काई नगरपालिकामा ४० हजार एकसय ४१ र क्षेत्रफल ८०.९८ वर्ग किमी छन् ।

त्यस्तै, गाउँपालिकामा सबैभन्दा बढी कमल गाउँपालिकामा ४४ हजार तीनसय ६५ र क्षेत्रफल १०४.५७ वर्ग किमी तथा सबैभन्दा कम हल्दिबारी गाउँपालिकामा २९ हजार दुईसय २३ जनसङ्ख्या र क्षेत्रफल ११७.३४ वर्ग किमी रहेको जनाइएको छ । झापाको सबैभन्दा पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा ६५ हजार पाँचसय ४३ जनसङ्ख्या र क्षेत्रफल ९६.३५ वर्ग किमी रहेको छ । रासस

वि.सं.२०७३ चैत २ बुधवार ०७:५५ मा प्रकाशित

स्टाटस लेख्दै बालेन भन्छन् : डियर हर्क यु आर माई ट्रु लभ

स्टाटस लेख्दै बालेन भन्छन् : डियर हर्क यु आर माई ट्रु लभ

काठमाडौँ । काठमाडौँ महानगपालिकका मेयर बालेन्द्र शाह बालेनले हर्कलाई सम्बोधन...

सहकारी संस्थामा कार्यरत रेश्मिका जंगलमा मृत फेला

सहकारी संस्थामा कार्यरत रेश्मिका जंगलमा मृत फेला

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा...

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौँ । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको...

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडकको अवस्था हेरेर...

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

सञ्चारगृहमा भएका क्षतिको महासङ्घद्वारा अनुगमन

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सञ्चारगृहहरुमा पनि क्षति पुगेको छ...

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

आगजनी र तोडफोडका घटनाको छानबिन गर्न माग

कर्णाली । कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा...