काठमाडौँ । काठमाडौँ महानगपालिकका मेयर बालेन्द्र शाह बालेनले हर्कलाई सम्बोधन गरी समाजिक सञ्जालमा फेसबूकमा स्टाटस लेखेका छन् ।
उनले ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।यु आर माई ट्रु लभ ‘ भन्दै स्टाटस हालेका हुन् ।
जेनजी पुस्ताले बालेनलाई कार्यबाहक प्रधानमन्त्री बन्नको लागि आग्रह गरेका थिए भने हर्कले आफूलाई प्रधानमन्त्री बन्ने अवसर दिउन भनेर जोड दिईराखेका थिए । तर बालेनले भने कार्यबाहक प्रधानमन्त्री बन्न रुचाहेका थिएनन र प्रधानमन्त्री सुशीला कार्कीलाई बनाईएको थियो । यसै क्रममा जेनजी पुस्ताको माग नसुनिदिएको भनेर हर्कले बालेनलाई डेडिकेट गरेर स्टास लेख्ने गरेका थिए ।
वि.सं.२०८२ भदौ ३१ मंगलवार १६:५८ मा प्रकाशित





























