back
CTIZAN AD

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम बन्द हुनुपर्छ– देउवा

वि.सं.२०७८ फागुन ३० सोमवार

813 

shares

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताए ।

“एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्बाट पास गराउन पेस गर्नुभएको हो”, प्रधानमन्त्री देउवाले सांसद भीम रावलप्रति टिप्पणी गर्दै देउवाले भने, “एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?”

सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गरे । उनले एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस (एमसिसी)को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि गर्दैन भने ।

कार्यान्वयमा केही आशङ्का देखाइएको छ भन्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर नेपालको कानूनअनुसार सञ्चालन हुने हुँदा अफवाह फैलाउनेको पछि नलाग्न आग्रह गरे ।

“एमसिसी कार्यक्रमअन्तर्गत निर्माण गरिने प्रसारण लाइनबाट बम आउँछ भन्नेदेखि पशुपतिमा समेत अमेरिकी सेना भित्रिन्छ भनेर भ्रम छरेर केही हुन्न”, प्रधानमन्त्री देउवाले भने, “देशको विकासका लागि यसले फाइदा पुग्छ, रोजगारी सिर्जना हुन्छ, प्रतिस्पर्धामा यहीँका निर्माण व्यवसायीले नै बनाउने जिम्मा लिन पाउँछन् ।”

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले त्यसलाई भयरहित वातावरणमा निष्पक्षरूपमा गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यसम्पादन समितिका सदस्य अजुर्ननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) नेकपा (एमाले)का केन्द्रीय सदस्य बिन्दा ढुङ्गाना, नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य हिरानाथ खतिवडालगायतका वक्ताहरुले नयाँ भवनको निर्माणले किस्पाङ गाउँपालिकाले प्रवाह गर्ने सेवामा थप गुणस्तरसहित जनतालाई सहजता पुग्ने विश्वास व्यक्त गरे ।

विभिन्न स्रोतबाट जुटाइएको रु चार करोड ५६ लाखमा नयाँ भवन निर्माण गरिएको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए । तोकिएको समय अगावै निर्माण व्यावसायीले उक्त भवन सम्पन्न गरेको हो ।

वि.सं.२०७८ फागुन ३० सोमवार १८:०० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...