back
CTIZAN AD

मुख्यमन्त्री परिवर्तनको प्रस्ताव : बागमतीमा माओवादी, सुदूरपश्चिममा समाजवादी

वि.सं.२०७८ फागुन ३० सोमवार

912 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशको मुख्यमन्त्री आफुँले पाएमा सुदूरपश्चिमको मुख्यमन्त्री पद छाड्ने प्रस्ताव राखेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले दाबी गरिरहेको बेला माओवादी केन्द्रले यस्तो प्रस्ताव अघि सारेको हो ।

केन्द्रले हालकै अवस्थामा सुदूरपश्चिम सरकारको नेतृत्व भने छाड्न नसक्ने स्पष्ट पारेको छ । सुदूरपश्चिम सरकारको विषयमा खटपट भइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग यस्ताे प्रस्ताव राखेका हुन् ।

प्रचण्डले माधव नेपाललाई भेटेरै नेतृत्व सट्टापट्टाको टुंगो लागे तत्कालै सुदूरपश्चिम छाड्न तयार रहेको स्पष्ट पारेका हुन् । माओवादी केन्द्रको चुनाव केन्द्रीत कार्यकर्ता प्रशिक्षणलाई सोमबार धनगढिमा सम्बोधन गर्दै प्रचण्डले भने, “माधवजीले सुदूरपश्चिममा आफ्नो दलले मुख्यमन्त्री पाउनु पर्ने कुरा राख्नु भएको छ । बागमतीमा हामीलाई छाड्ने भए सुदूरपश्चिममा जुनसूकै बेला छाड्न तयार छौं भनेको छु ।”

प्रचण्डले प्रदेश सरकारको नेतृत्वबारे गठबन्धनका दलहरुबीच भएको समझदारीअनुसार नै अगाडि बढ्न आफुँ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । प्रचण्डले समझदारीअनुसार नै माओवादी केन्द्रले कर्णाली छाडेको प्रष्ट पारे ।

वि.सं.२०७८ फागुन ३० सोमवार १७:४९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...