back
CTIZAN AD

छोरीलाई तागतवान् बनाउनु पर्छ

वि.सं.२०७८ फागुन ३० सोमवार

1.1K 

shares

हामी असाध्यै भाग्यमानी यस अर्थमा छौं कि राष्ट्रपति महिला पाएका छौ, प्रधानन्यायाधीश महिला पाएका छौं, सभामुख महिला पाएका छौं । तर, बिडम्बना बलात्कृत महिला, हिंसा पीडित महिला, श्रमिक महिला, घरभित्र अहोरात्र खटिरहने गृहिणी, अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको श्रमको मूल्य, मान्यता, उसको आत्मसम्मान र सुरक्षाको बारेमा निर्णायक रूपमा बोल्ने महिला पाउन सकेका छैनौ ।

सदाका वर्ष जस्तो यसवर्ष पनि ८ मार्च अर्थात् महिला श्रमिक दिवस केही कर्मकाण्डी गरेर मनाइएको छ । प्रत्येक वर्ष जस्तै श्रमिक महिलाहरूका फोटा सामाजिक संजालमा पोस्टिएर अनि शुभकामना दिएर सकिएको छ । तर, न्यायका लागि कदम चाल्न खुट्टा कमाउने, महिला हकहितमा बोल्न जिब्रो लरबराउने र आफूमाथिको विश्वास अरूमाथि थोपर्ने अवस्था रहुन्जेल ८ मार्च वा अरू कुनै दिवसले श्रमिक महिलाको जीवनमा कुनै सकारात्मक प्रभाव पार्न सक्दैन ।

कानुनी तबरले महिलालाई सशक्त बनाइदिएको छ तर, कार्यान्वयनको पाटो सोचेभन्दा फितलो भइदिँदा महिलाहरू व्यवहारिकरूपमा लाभान्वित हुनुको सट्टा अन्यायको भूमरीमा पिल्सीरहेका छन् । महिलासम्बन्धी बनेका सरकारी नीतिनियम र कानुनबारे आमनागरिकलाई सुसूचित बनाउने प्रतिबद्ध निकाय नहुँदा ठूलो संख्यामा महिलाहरू पछाडि नै परिरहेका छन् ।

विश्व नारी दिवसका रूपमा मनाइने मार्च ८ लाई वि.सं.२०१७ तिर धनकुटाका केही शिक्षिकाले ‘आईमाई दिवस’को रूपमा मनाएको पाइन्छ । वि.सं. २०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यस दिवसलाई अन्तराष्ट्रिय नारी दिवसको रूपमा मनाउन थालिएको जानकारहरू बताउँछन् । वि.सं. २०३४ सालबाट पारिजातको संयोजकत्वमा गोप्य रूपमा अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको पाइन्छ । वि.सं. २०४६ सालको आन्दोलनपछि महिला दिवस भन्न थालिएपनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगकै तर्फबाट श्रमिक महिला दिवसको रूपमा मनाएको देखिन्छ । श्रम कानुन २०७४ (दफा ४१) ले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा नामाकरण गरेपछि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले समेत अन्तराष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मार्च ८ मनाउने निर्णय गरेको पाइन्छ ।

महिलाहरूको सामाजिक, राजनैतिक, आर्थिक जीवन परिवर्तनमा धेरै हदसम्म भूमिका खेलेको भनिएतापनि यो अभियानले श्रमिक तथा आम महिलाहरूको जीवनमा भने अझै पनि उल्लेख्य प्रभाव पार्न नसकेको महिला आन्दोलनमा होमिएकाहरूको अनुभव छ ।

नेपालको सन्दर्भमा समयको परिवर्तनशीलता र नेपाली जनताको माग सँगै देश संघ, प्रदेश र स्थानीय हुँदै तीन तहमा विभाजन भएको छ । नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानुनले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । संघीय समावेशी लोकतान्त्रिक व्यवस्थाको क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका जनताले आ–आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि हरेक तह र तप्काबाट भरपुर कोशिश गरिरहेको वर्तमान परिप्रेक्ष्यमा नारीहरूको दरिलो पाइलाको झड्कोले राज्यलाई लैंगिक समानता र महिलाहरूको हक अधिकारको विषयमा प्रत्येक क्षण झस्काई रहेको छ ।

सन् १९७७ मा राष्ट्रसंघले नारी दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरूलाई बोलाएर आठ मार्चकै दिन प्रत्येक वर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेपश्चात विश्वव्यापी रूपमा आठ मार्चलाई नारी दिवसको रूपमा मनाउँदै आएको छ । नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर सदियौदेखि जाती वर्ग, समाजको धर्म तथा संस्कार, नारीमाथि हुँदै आइरहेको विभिन्न खालको अन्याय, अत्याचार, शोषण, दमन, हिंसा जस्ता लैंगिक विभेद र अमानवीय व्यवहारहरू विरूद्धको आवाज हो । महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापी रूपमा बुलन्द पार्दै महान् संकल्प र अठोटको साथ जारी राखिने यात्रा हो । नतिजा स्वरूप लैंगिक, सामाजिक, शैक्षिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता विविध क्षेत्रहरूमा भएको शोषण, दमन र विभेदमा विश्वव्यापी रूपमा उल्लेखनीय परिवर्तन आइरहेको भनिएतापनि व्यहारिक रूपमा देख्न अझै कति दशक कुर्नुपर्ने छ ।

नेपालको सन्दर्भमा समयको परिवर्तनशीलता र नेपाली जनताको माग सँगै देश संघ, प्रदेश र स्थानीय हुँदै तीन तहमा विभाजन भएको छ । नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री मानिन्छ जसले मौलिक हकको धारा ३८ मा महिलाको हक सुनिश्चित गरेको छ भने कानुनले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । संघीय समावेशी लोकतान्त्रिक व्यवस्थाको क्रममा विभिन्न वर्ग, क्षेत्र र समुदायका जनताले आ–आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि हरेक तह र तप्काबाट भरपुर कोशिश गरिरहेको वर्तमान परिप्रेक्ष्यमा नारीहरूको दरिलो पाइलाको झड्कोले राज्यलाई लैंगिक समानता र महिलाहरूको हक अधिकारको विषयमा प्रत्येक क्षण झस्काई रहेको छ ।

तथापी, जरा झै गाडिएर रहेका कतिपय कुरीति, ग्रामीण परिवेश, अशिक्षा, परनिर्भरता, अपाङ्गताप्रतिको नकारात्मक सोच, सामाजिक धार्मिक र सांस्कृतिक अन्धविश्वासले गर्दा महिला माथि बर्बर हिंसा र विभेद भइरहेका घटनाप्रति सामाजिक मूल्य मान्यता अनि राज्य जिम्मेवार रहेको कुरा नकार्न सकिन्न ।

बिडम्बनाको कुरा के छ भने नारी सशक्तीकरण र समानताको विषयमा जति आवाजहरू बुलन्द भएपनि त्यसले कुनै पनि तप्काका नारीलाई अन्यायबाट जोगाउन नसक्नु दुःखको कुरा छ । गर्भको भ्रुणदेखिको विभेदकारी सोच र व्यवहार मृत्युपर्यन्त हजुरआमाले पनि झेलिरहनु सांस्कृतिक प्रचलन भएको छ । छोरीलाई दिने शिक्षा र लालनपालनका विषयमा सुधारात्मक कदम देखिए पनि अंशबन्डा र स्वामित्व हस्तान्तरणका विषयमा आज पनि उही रूढीबादी सोचले गाँजेको छ । कानुनले छोराछोरी पैत्रिक सम्पत्तीमा समान हकदार हुन् भनी लालमोहर लगाइसक्दा पनि छोरीको नाममा अंश दिने कुरामा बाबुआमा नै मुन्टो बटार्छन् । बाबुको अर्बौको पैत्रिक सम्पत्ती छोराले भोगचलन गरिरहँदा एक प्रतिशत छोरीको लागि भनेर मुखले मात्र भन्ने बाबुआमा पनि प्रतिशत छन् हाम्रो देशमा त्यसको डाटा तयार गर्नु आवश्यक छ । ३०–४० रोपनी जग्गाका धनी बाबुआमाका छोरीहरू एउटा घडेरी बिनाको जीवन गुजारीरहेको टुलुटुलु हेर्दै विचरा यसको केही छैन भन्ने तिनै बाबुआमाको सहानुभुतिमा जसोतसो जीवन गुजारीरहेका दृष्टान्त हाम्रा वरीपरी थुप्रै भेटिन्छन् । ओत लाग्ने छत नभएका छोरीचेलीले न माइतीको सम्पत्तिमा हकदाबी गर्न सक्छन् न माइतीले नै उसको अधिकार हो भनेर बुझ्न सक्छन् । आज पनि उही सहानुभुति र विचराको पात्रबाट माथि उठेर हक र अधिकारको सिमाभित्र कहिले अटाउँलान् छोरीचेलीहरू ? यदाकदा कुनै बाबुआमाले दिइहाले पनि अधिकार होइन सहानुभूति र दयाको पात्र बनाउँछ समाजले, भिखमा मागेको अनुभुति गराउँछ र निल्नु र ओकल्नुको दुविधामा हुन्छन् । एउटै सम्पत्तीमा छोराको हक छोरीको भिख बन्छ भने कुन अर्थमा नारीले समान व्यवहारको आभास गर्न सक्छे ?

एउटा महिलाले शैक्षिक, आर्थिक र सामाजिक रूपमा आत्मनिर्भर बनिसक्दा पनि उसलाई हेर्ने दृष्टिकोण नकारात्मक नै हुन्छ । जसको साथ, समर्थन र विश्वास पाएको हुन्छन् तिनैबाट नाजायज फाइदाको शिकार बनिएको थाहा पाउन केही समय कुर्नुपर्छ । नारीलाई एउटा वस्तुको रूपमा उपभोग गर्ने मानसिकता अधिकांश पुरूषको मनमा उब्जिरहेको हुन्छ । चाहे ती कलिला छोरी चेली हुन् या वृद्ध महिला, पुरूषको पहिलो मानसिकता उसको यौनिकतामा नै केन्द्रित हुन्छ । झुठा आश्वासन र प्रलोभन देखाएर नारीको शरीरमाथि खेल्न पाउनुमा नै आफ्नो पुरूषार्थ सम्झिन्छन् ती व्यक्ति । यो मानसिकताबाट बाहिर निस्कन पुरूष दिमागलाई स्क्यान गर्ने प्रविधिको विकास कुन युगमा हुने हो त्यसको प्रतिक्षामा छौ हामी । समाजमा जति शिक्षित, बुद्धिजीवी, समाजसेवी र राजनीतिकर्मी जन्मिएपनि नयाँ स्वाद चाख्ने र भोग्ने उच्च आकांक्षाबाट कोही कसैलाई बाहिर राख्न नसक्नु के को कमजोरी हो ? मनन गर्ने बेला आएको छ । हिजो ढुङ्गे युगदेखि आज पर्यन्त उही सोच हावी हुनुमा शिक्षा र विज्ञान प्रविधिको विकासलाई पनि चुनौती दिएको मान्न सकिन्छ ।

भर्खरै सार्वजनिक भएको नाबालिग र वयस्क पुरूषबिचको सम्बन्धले पक्ष विपक्षको मत बटुलिरहेको छ । वयस्क पुरूषले केवल भोग्ने वस्तुको रूपमा नाबालिग छोरी समानकी एक नारीलाइ उपभोग गर्दा कुनै समय पनि त्यो ठाउँमा आफ्नै छोरी वा बहिनीलाई राखेर हेर्न आवश्यक ठानेन । किनकी उसलाई केवल भोग्नु थियो । नयाँ स्वाद चाख्नु थियो । तिनै पुरूष भोली खुलेआम महिला सशक्तीकरण र अधिकारको विषयमा बोल्दै सडकमा माइक समातेर भाषण दिइरहेको यिनै आँखाले देख्नुनपर्ला भन्न सकिँदैन ।

समाजमा त्यस्ता थुप्रै नायकहरू छन् जसले आफ्नो नायकीको प्रदर्शन थुप्रै नाबालिगहरूसँग गरिरहेका छन् । आखिर कहिलेसम्म महिलामाथि विभेद रहिरहने ? यसको एउटै समाधान भनेको नारी आफै सशक्त र क्षमतावान् हुनुपर्छ र अन्याय गर्नेप्रति आवाज उठाउने साहस जुर्मुराउनुपर्छ । महिला हिंसा र बलात्कारको अन्त्य हुने दिमाग समाजले जन्माउन सकेको छैन, यसको विरूद्ध लड्न सक्ने तागतवान् छोरी जन्माउनु आजको आवश्यकता हो ।

एउटा कथा छ – एउटा गाउँमा एउटी वेश्या आइछिन् उनलाई देखेर गाउँका साराले ढुङ्गा हान्न थालेछन् एउटा साधु त्यही बाटो हुँदै कतै जाँदै थिए । किन ढुङ्गा हानेको भनी सोध्दा यो महिला वेश्या हो, व्यभिचारी हो त्यसले हाम्रो गाउँलाई नै अपवित्र बनाइदिई त्यसलाई मार्नुपर्छ । सबैको एक मत थियो । साधुले भिडलाई एकत्रित गर्दै भनेछन् । म एउटा कुरा भन्छु सुन् । जसको मनमा अहिलेसम्म कुनै पुरूष वा महिलाप्रति व्यभिचारको भावना नउब्जेको होस् त्यो अगाडि आऊ र उसलाई ढुङ्गाले हान । त्यसपछि सबैजना एक–एक गर्दै पछाडि सरे । कोही अगाडि आउन सकेनन् ।

संसारमा त्यस्तो कोही व्यक्ति हुँदैन जसलाई विपरीत लिङ्गीप्रति आकर्षण नआएको होस् र व्यभिचारी विचार नआएको होस् । विचार आफैमा गलत हुँदैन । विचारलाई सही ठाउँमा प्रयोग गर्न नसक्नुको परिणाम गलत हुने हो । त्यस्तै परिणाम आजको नायकले पनि भोगिरहेका छन् । समाजमा त्यस्ता थुप्रै नायकहरू छन् जसले आफ्नो नायकीको प्रदर्शन थुप्रै नाबालिगहरूसँग गरिरहेका छन् । आखिर कहिलेसम्म महिलामाथि विभेद रहिरहने ? यसको एउटै समाधान भनेको नारी आफै सशक्त र क्षमतावान् हुनुपर्छ र अन्याय गर्नेप्रति आवाज उठाउने साहस जुर्मुराउनुपर्छ । महिला हिंसा र बलात्कारको अन्त्य हुने दिमाग समाजले जन्माउन सकेको छैन, यसको विरूद्ध लड्न सक्ने तागतवान् छोरी जन्माउनु आजको आवश्यकता हो ।

 

 

वि.सं.२०७८ फागुन ३० सोमवार १६:४९ मा प्रकाशित

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...