काठमाडौं । नेपालमा कोरोनाका थप ५८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५,४१८ नमुना परीक्षणमा ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएका ५८ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ९८७ पुगेको छ भने आज निको भएका १४८ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ६१ हजार २१८ पुगेको छ ।
त्यसैगरी नेपालमा केही दिनयता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा हालसम्म ११ हजार ९५० जनाको संक्रमणका कारण मृत्यु भएको छ ।
त्यसैगरी हाल देशैभरी ४,८१९ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,७५१ जना होम आइसोलेशन र ६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ३० जना आइसीयु र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९२ हजार ४८ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।
नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ संक्रमणबाट मुक्त
वि.सं.२०७८ फागुन ३० सोमवार १६:४२ मा प्रकाशित






























