लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरि छुट्टै सम्मेलनको आयोजना गर्न लागेको प्रति संघले आपत्ती जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले आइतबार एक विज्ञप्ति जारी गर्दै संघका पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भनिएको कदमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचन यही मार्च २४ र २५ तारिख हुने तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको उल्लेख छ ।
संघले विज्ञप्ति मार्फत अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले संरक्षक परिषद र उच्चस्तरिय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्वअध्यक्षहरुलाई कुनै पनि कार्यकारी अधिकार नदिएको अवस्थामा पूर्व अध्यक्ष घलेबाट चालिएका कदम विधान र संघको परम्परा विपरित भएको जनाएको छ ।
बिज्ञप्तिमा घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना भएको बताएको छ ।
संघले भनेको छ ‘शिलशिलामा केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनका विरुद्द दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ । पूर्वअध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ’ ।
बिज्ञप्तिमा संघको वर्तमान जटिल अवस्थामा संघको विधान विपरित निर्वाचन गर्न÷गराउन खोजी संघलाई विभाजन उन्मुख अवस्थामा पुर्याउन खोज्नु खेदजनक उल्लेख छ ।
वि.सं.२०७८ फागुन ३० सोमवार १६:२७ मा प्रकाशित






























