back
CTIZAN AD

रुसको सरकारी टेलिभिजनमा लाइभकै बीच ‘युद्ध बन्द गर’ भन्दै सम्पादकले नै विरोध गरेपछि…

वि.सं.२०७८ चैत १ मंगलवार

588 

shares

काठमाडौं । रुसको सरकारी टेलिभिजन च्यानलमा साँझको कार्यक्रमको लाइभ प्रसारण चलिरहेको बेला एक महिला अचानक हातमा युद्ध विरोधी पोस्टर लिएर समाचार एङ्करको पछाडि उभिइन्। पोस्टरमा लेखिएको छ, “युद्ध बन्द गर, प्रोपोकाण्डमा विश्वास नगर, यी मानिस झुठ बोलिरहेका छन् ।”

मारिना ओभ्स्यानिकोवा नामकी महिला कर्मचारीले त्यस्तो प्रदर्शन गरेकी थिइन् । बीबीसीले जनाएअनुसार मारिना उक्त सरकारी च्यानलकी सम्पादकसमेत हुन् ।

युद्धको विरोध गरेकी मारिना अहिले प्रहरी हिरासतमा रहेको बताइन्छ । कार्यक्रमको भिडियोमा मारिनाले “युद्ध रोक” भन्दै चिच्याएको देखिन्छ । मारिनाले विरोध गर्न थालेलगत्तै कार्यक्रमका निर्देशकले कार्यक्रम बीचमै रोकेर रेकर्ड गरिएको कार्यक्रम बजाएका थिए ।

सरकारी नियन्त्रणमा टेलिभिजन

रूसमा टेलिभिजनहरु लामो समयदेखि सरकारी नियन्त्रणमा छन् । सबै प्रमुख च्यानलहरूले व्यक्तिगत विचारहरू देखाउन लगभग बन्द गरिसकेका छन्।

तर युक्रेनमा भएको हमलापछि आएको नयाँ कानुनले मिडियाका लागि पहिलेभन्दा धेरै भयावह वातावरण सिर्जना गरेको छ । यस महिनाको सुरुमा पारित भएको कानूनले यूक्रेनमा आक्रमण भन्नसमेत नपाइने बनाएको छ । रुसको सरकारी मिडियाले युद्धलाई ‘विशेष सैन्य अभियान’ को रूपमा व्याख्या गरिरहेको छ ।

सरकारी दबाबका कारण मस्कोको रेडियो स्टेसन इको र अनलाइन टिभी च्यानलले पनि केही स्वतन्त्र मिडिया हाउसले प्रसारण बन्द गरेका छन् । रूसमा धेरै सोशल मिडिया साइटहरू पनि ब्लक गरिएको छ । केही दिनयता फेसबुक र ट्वीटरमा पनि प्रतिबन्ध लगाइएको छ । रसियामा लोकप्रिय इन्स्टाग्राम पनि सोमबारदेखि अवरुद्ध गरिएको छ। यद्यपि, धेरै रूसीहरूले प्रतिबन्धहरूको बावजुद यी साइटहरू विभिन्न माध्यमको प्रयोग गरि हेरिरहेका छन् ।

वि.सं.२०७८ चैत १ मंगलवार १२:१० मा प्रकाशित

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...