back
CTIZAN AD

काभ्रेमा कांग्रेसको निर्वाचन लक्षित कार्यक्रम

वि.सं.२०७८ चैत २ बुधवार

723 

shares

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचनलक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ ।

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ । सबै क्षेत्रमा एकैसाथ अभियान सञ्चालन गरिएको उपसभापति रमेशप्रसाद हुमागाईँले बताए । उनका अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडास्तरमा गई कांग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिने तथा कांग्रेसका उम्मेदवारलाई मत हाल्न प्रेरित गरिनेछ । “अभियानमा एमसिसीबारे भ्रम चिर्ने गतिविधि पनि गरिन्छ”, उनलले भने ।

अभियानको आइतबार कांग्रेस प्रवक्ता डा प्रकाशसरण महतले बनेपामा एक कार्यक्रमकाबीच शुभारम्भ गरेका थिए । अभियानअन्तर्गत शुभेच्छुक संस्था गठन तथा बस्ती र क्षेत्रको केन्द्र हुने गरी सरोकारवालासँग अन्तक्र्रिया र छलफल कार्यक्रमसमेत गरिने जनाइएको छ । साथै अभियानमा जनजागरण कार्यक्रम सञ्चालन तथा सङ्गठनलाई जनस्तरसम्म पु¥याउने विशेष लक्ष्य रहेको बताइन्छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ ।

पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउन यसअघि फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडास्तरमा विभिन्न भातृ–शुभेच्छुक समिति गठन गरेको थियो । गत फागुन १ गतेदेखि सञ्चालित सङ्गठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान सङ्घ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ । काभ्रेमा छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् ।

पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मङ्सिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । जिल्लामा पार्टीका करिब २० हजार क्रियाशील सदस्य छन् ।

 

वि.सं.२०७८ चैत २ बुधवार १३:०३ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...