back
CTIZAN AD

रुस–यूक्रेन युद्ध थप भयानक हुने संकेत, यूक्रेनको पक्षमा स्पष्ट उभियो यूरोपियन यूनियन

वि.सं.२०७८ चैत २ बुधवार

759 

shares

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज २१ औं दिन हो । यसबीचमा दुई देशबीच अहिलेसम्म पटकपटक वार्ता भइसकेको भएपनि युद्ध अन्त्यका लागि सहमति जुट्न सकेको छैन ।

लामो युद्धको कारण रुसको सैन्य उपकरण र गोलाबारुद द्रुत गतिमा समाप्त हुँदैछ। अमेरिकी पूर्व सैन्य अधिकारीले रुससँग केही दिनको मात्रै गोलाबारूद बाँकी रहेको दाबी गरेका छन् ।

यसैबीच युक्रेनलाई समर्थन गर्न यूरोपियन यूनियनको तर्फबाट तीन देश पोल्याण्ड, चेक रिपब्लिक र स्लोभेनियाका प्रधानमन्त्री मंगलबार युक्रेनको राजधानी पुगेका छन् । जब यी राजनीतिज्ञहरू कीभमा उपस्थित थिए, सेनाले कीभ नजिकैका क्षेत्रमा बमबारी गरिरहेको थियो।

रोयर्टसका अनुसार तीनै प्रधानमन्त्रीले करिब तीन घण्टा कीभमा बिताएका थिए । पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविस्कीले फेसबुकमार्फत आफूहरु कीभमा पुगेको जनाएका थिए । उनले रुसले युक्रेनमा लगातार आक्रमण गरिरहेको पनि बताएका थिए। उनले यो त्रासदी रोक्न सक्दो प्रयास गरिरहेका बताउँदै र यसै सम्बन्धमा आफुँहरु कीभ पुगेको बताएका थिए ।

तीनै देशका प्रधानमन्त्रीहरुले रुससँगको युद्धमा यूक्रेन एक्लो नरहेको भन्दै सम्पूर्णं यूरोपेली देश साथमा रहेको बताएका थिए । उनीहरुले युद्धबाट पछाडि नह्टन पनि आग्रह गरेका छन् । तीनै देशका प्रधानमन्त्रीहरुले युरोपेली युनियनको तर्फबाट यूक्रेनलाई समथर्न रहेको जनाउ परेका छन् ।

युद्ध थप भनायक हुने संकेत

रुस–यूक्रेनबीचको युद्ध थप भयानक हुने संकेतहरु देखिन थालेका छन् । दुई देशको बीचमा भइरहेको युद्धमा क्रमशः अन्य मुलुकहरु पनि सहभागी हुँदै जान थालेसँगै यस्तो देखिएको हो ।

यूक्रेन युद्धमा युरोपेली यूनियनले स्पष्ट रुपमा सहभागिता जनाउन खोजेको छ । अहिलेसम्म अनौपचारिक रुपमा सहयोग गर्दै आएको इयुले योसँगै प्रत्यक्ष जोडिन खोजेको देखिन्छ । युद्धकै बीच भएको तीन देशको प्रधानमन्त्रीको यूक्रेन भ्रमणलाई सामान्य अर्थमा बुझ्न नसकिने सञ्चार माध्यमहरुको विश्लेषण छ । यसले क्रमशः युद्धलाई युरोप भरि विस्तार गर्ने र भयानक बनाउने सम्भावना बढाएको देखिन्छ ।

वि.सं.२०७८ चैत २ बुधवार १३:३३ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...