back
CTIZAN AD

एनआरएनए निर्वाचनः अध्यक्षमा थापा र केसीबीच प्रतिश्पर्धा हुने, ६० मध्ये ३३ पदमा निर्विरोध

वि.सं.२०७८ चैत २ बुधवार

858 

shares

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २४–२५ मा हुने निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नावावली सार्वजनिक गरिएको छ ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी र रबिना थापाबीच प्रतिश्प्रर्धा हुने देखिएपनि अध्यक्ष सहित विभिन्न पदका लागि दिइएका ६० उम्मेदवार मध्ये ३३ पदमा भने निर्विरोध निर्वाचित भएको देखिन्छ ।

त्यसैगरी एनआरएनएको ६ उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा डम्बर बहादुर (डि.बी) क्षेत्री, युवा उपाध्यक्षमा एनआरएनए अफ्रिकाका क्षेत्रिय संयोजक रोशन थापा, अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा.हेमराज शर्मा, कतारबाट राजेन्द्र कुमार शर्मा, जापानबाट टंक प्रसाद गैरे, जय प्रकाश गुरुङ र महिला उपाध्यक्षमा यासमीन बेगम साउदीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिद्धारा प्रकाशित उम्मेदवारको नामावली अनुसार महिला उपाध्यक्ष यासमीन वेगम र युवा उपाध्यक्ष रोशन थापा निर्विरोध निर्वाचित भइसकेका छन् । अन्य खुला ४ उपाध्यक्ष पदका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको हो ।

महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र युकेबाट विनय अधिकारीबीच प्रतिश्पर्धा हुने भएको छ ।

त्यसैगरी चार सचिवका लागि युकेबाट रामशरण सिंखडा, जापानबाट अजिव (ओम) गुरुङ, क्यानडाबाट चिरन्जीवि घिमीरे, अमेरिकाबाट शंकर खड्का, अष्ट्रेलियाबाट अभिमान सिंह बस्नेतबीच प्रतिश्पर्धा हुने भएको छ भने एक महिला सचिवमा हङकङबाट राधिका गुरुङ निर्विरोध निर्वाचित भएकी छन् ।

कोषाध्यक्षमा बेल्जियमबाट लोक प्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच प्रतिश्पर्धा हुने भएको छ भने सहकोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई तथा दक्षिण कोरियाबाट यज्ञराज सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै संघको महिला संयोजकमा युकेमा रहेकी संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध भइसकेका छन् ।

त्यसैगरी क्षेत्रिय सयोजकहरुमा मध्यपूर्वबाट राजेन्द्र अर्याल (जोन), एसिया प्यासेफिकबाट पारसमणि पोखरेल, युरोप क्षेत्रिय संयोजकमा सन्तोष कुमार भट्टराई अमेरिकाज क्षेत्रिय संयोजकमा प्रकाश सापकोटा र अफ्रिका क्षेत्रिय संयोजकमा राजकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । ओसेनिया संयोजकका लागि लाल बहादुर केसी, दिपक शर्मा, दिनेश राज जोशीबीच प्रतिश्पर्धा हुने भएको छ ।

त्यस्तै क्षेत्रिय उपसंयोजकमा २ पद रहेको युरोप उपसंयोजकमा ललित कुमार न्यौपाने र नवराज रोस्यारा, अमेरिकाजमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध निर्वाचित भएका छन् । साथै मध्यपूर्वको दुई उपसंयोजक पदमा लालप्रसाद पुन, अमित राई, कृष्णबहादुर हमालबीच प्रतिश्पर्धा हुने भएको छ ।

क्षेत्रिय महिला संयोजकमा तृष्णा शर्मा अमेरिकाज, पान कुमारी मल्ल युरोप, शान्ति देवी अधिकारी एसिया प्यासेफिक, उषा किरण बरिया ओसेनिया र अफ्रिका संयोजकमा खेसना लिम्बू निर्विरोध निर्वाचित भएका छन् । साथै महिला संयोजकमा मध्यपूर्वबाट उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै क्षेत्रिय युवा संयोजकमा किरण गुरुङ–युरोप, स्वराज खाती–अमेरिकाज, रोजनराज घिमीरे अफ्रिका र प्रदीप रुपाखेती ओसेनिया निर्विरोध निर्वाचित भएका छन् । युवा संयोजकमा मध्यपूर्व र एसिया प्यासेफिकबाट उम्मेदवारी परेको छैन । साथै क्षेत्रिय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी–अमेरिकाज, डा. इन्दिरा तिवारी एसिया प्यासेफिक र नुनिता सापकोटा युरोपबाट निर्विरोध भएका छन् । महिला उपसंयोजकका लागि ओसेनिया, अफ्रिका र मध्यपूर्वबाट उम्मेदवारी परेको छैन ।

त्यसैगरी क्षेत्रिय युवा उपसंयोजकमा रोर्बट लिम्बु युरोप र ईश्वर खत्री अमेरिकाज निर्विरोध निर्वाचित भएका छन् भने मध्यपूर्व, एसिया प्यासेफिक, अफ्रिका र ओसेनियाबाट कुनैपनि उम्मेदवारी परेको छैन ।

 

वि.सं.२०७८ चैत २ बुधवार १३:३५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...