back
CTIZAN AD

बक्स अफिसमा फ्लप बन्यो ‘राधे श्याम’, २० करोडको आँकडा पनि छुन सकेन

वि.सं.२०७८ चैत २ बुधवार

807 

shares

काठमाडौं । ‘द कश्मीर फाइल्स’सँगै रिलिज भएको साउथ सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेगडेको फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा फ्लप देखिएको छ । फिल्मले हालसम्म विश्वभर १६५.१८ करोडको कलेक्सन गरेको छ ।

फिल्मको हिन्दी संस्करणले दर्शकलाई हलमा बोलाउन सकेन । सुरुका दिनहरूमा राधे श्यामले आन्ध्र प्रदेश र तेलंगानाको बक्स अफिसमा धमाका मच्चाएको थियो । तर, दिन बित्दै जाँदा चलचित्रको कमाई घट्दै गएको छ ।

हिन्दी संस्करणले पनि १० करोडको आँकडा छुन सकेन

राधे श्याम ११ मार्चमा तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी गरी पाँच भाषामा रिलिज भएको थियो। चलचित्रले सोचेअनुसार कमाई गर्न सकेको छैन ।

फिल्मले तेलुगु राज्यमा ३७.९१ करोड रुपैयाँको आम्दानी गरेर खाता खोलेको थियो । त्यसपछि दोस्रो, तेस्रो र चौथो दिन फिल्मले क्रमशः १९.२८ करोड, १६.५ करोड र ३.५८ करोड कमाएको थियो । उत्तर भारत, कर्नाटक र तमिलनाडु लगायतका अन्य राज्यहरूमा पनि फिल्मको सङ्कलन प्रभावशाली छैन।

अर्थात् भारतमा प्रभासको फिल्मले भारतमा १०० करोडको आँकडा पूरा गर्न सकेको छैन । राधे श्यामले बक्स अफिसमा कुल ९७.७ करोड कमाएको छ ।

फिल्मको प्रदर्शनको कुरा गर्ने हो भने राधे श्यामको पाँच दिनमा तेलुगु संस्करणले ७९.०१ करोड, हिन्दी संस्करणले १७.५१ करोड, तमिल संस्करणले १.११ करोड र मलायालम संस्करणले ०.०७ करोड मात्रै कलेक्सन गरेको छ ।

वि.सं.२०७८ चैत २ बुधवार १५:४१ मा प्रकाशित

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

गोदावरी (कैलाली) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशका केही भू-भागमा वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...