back
CTIZAN AD

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार

660 

shares

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन गरौँ ।“ भन्ने मूल नारासहित २०८१ मा स्थापित भएको गल्याङ प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गल्याङ नगरपालिकाको व्यवस्थापकीय संयोजनमा सन्चालित “दुईदिवसीय कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) को प्रशिक्षण कार्यक्रम– २०८३“ सम्पन्न भएको छ ।

गल्याङ नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको “कवितालेखन (शास्त्रीय छन्द, मुक्तलय, गजल र मुक्तक) को प्रशिक्षण कार्यक्रम– २०८३“ मा वरिष्ठ स्रष्टा कलानिधि दाहालले छन्द र मुक्तलय, अग्रज स्रष्टा ध्रुवप्रसाद शर्मा पङ्गेनीले छन्द र मिलन समीरले मुक्तक विधामा केन्द्रित रहेर प्रशिक्षणात्मक सहजीकरण गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष चण्डिकाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिकाका प्रमुख एवम प्रतिष्ठानका प्रमुख संरक्षक गुरुप्रसाद भट्टराई, विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा उपप्रमुख एवम गल्याङ प्रज्ञा प्रतिष्ठानका संरक्षक हेमा तिमिल्सिना न्यौपाने, आमन्त्रित व्यक्तित्वको रूपमा शिक्षा शाखा प्रमुख हिमलाल भण्डारी, गल्याङ नगर शिक्षा समितिका सदस्य द्रवेन्द्रदेव खनालको समुपस्थिति रहेको थियो ।

सो अवसरमा स्रष्टाहरूले आफ्नो रचना वाचन गरेका थिए ।

प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य जि.बी. रानाद्वारा स्वागत मन्तव्य प्रस्तुत गरिएको प्रशिक्षण कार्यक्रमको समापन सत्रमा प्रशिक्षार्थीहरुको तर्फबाट पार्वती थापा पल्ली मगर “पारु“ र राम ज्ञवालीले अनुभव मन्तव्य तथा डिल्लीराम भण्डारीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव मिलन समीरले कार्यक्रमको संयोजन तथा सञ्चालन गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानले प्रशिक्षकत्रय कलानिधि दाहाल, ध्रुवप्रसाद शर्मा पङ्गेनी र मिलन समीरलाई नगदसहित सम्मान गरिएको थियो ।

 

वि.सं.२०८३ जेठ २५ सोमवार ०८:५४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...