back
CTIZAN AD

बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ धरौटीमा छुटे

वि.सं.२०७८ चैत ३ बिहीवार

540 

shares

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा एमालका नेता तथा मुगुका सांसद मोहन बानियाँ पाँचलाख धरौटी बुझाएर छुटेका छन् ।

प्रहरी हिरासतमा रहेका बानियाँलाई जिल्ला अदालत बाँकेका न्यायाधिश इश्वरी भट्टराईको इजलासले पाँचलाख धरौटीमा छोड्न आदेश दिएपछि उनी धरौटी बुझाएर बुधबारै पुर्पक्षका लागि धरौटीमा रिहा भएका हुन् ।

बानियाँविरुद्ध जुम्लाकी ४० वर्षीया एक महिलाले बाँकेको एक होटलमा राखेर आफु्माथि जवर्जस्ती करणी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बानियाँले ती महिलालाई पैसा तिर्न भएको र उक्त पैसाको चेक लिन होटलमा बोलाई त्यहि बास बस्न लगाएर जवर्जस्ती करणी गरेको ती महिलाले जाहेरी दिएकी थिइन् । बलात्कारको आरोप लागेका बानियाँ प्रतिनिधिसभाबाट समेत निलम्बनमा परेका छन् ।

वि.सं.२०७८ चैत ३ बिहीवार ०८:४० मा प्रकाशित

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...