लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली सङ्घ, नाइजेरियाले लेगोसमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
लेगोस सरकार रक्त संचार केन्द्रको सहयोग र रोटरी क्लब अफ पाम ग्रुभ स्टेट र केरला समाजम नाइजेरियाको सहआयोजनामा मार्च १३ का दिन रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

बिन्दु क्षेत्री, अभिषेक मानसिंह, खुश्बु घिमिरे, सोमेश अर्याल, सुरज गिरी, चिरञ्जीवी रोका, सागर उप्रेती, सुहिम थापा, भरत रिजाल, बिरेन्द्र गुप्ता, राजु धिताल, भिमबहादुर थापा, बिदुर घिमिरे, कर्णेल हेमन्त राना लगाएत एकसट्ठी जना रक्तदाताले रक्तदान गरेका थिए ।

एनआरएनए नाइजेरियाको यो चौथो रक्तदान कार्यक्रम भएको र यसलाई निरन्तर गर्दै जाने योजना रहेको जानकारी एनआरएनए नाइजेरियाका अध्यक्ष बिरेन्द्र गुप्ताले जानकारी दिए ।
कार्यक्रम संयोजक तथा महासचिव सोमेश अर्यालले सहआयोजक सस्थाहरु र सबै रक्तदाताहरुलाई संघको तर्फबाट आभार ब्यक्त गरेका छन् ।



वि.सं.२०७८ चैत ३ बिहीवार ०८:५९ मा प्रकाशित






























