२ चैत, काठमाडौँ । राष्ट्रिय समाचार समिति सञ्चालक समितिका पूर्वसदस्य दीपेन्द्र रोकायालाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।
विश्वविद्यालयले ‘नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ विषयमा पत्रकार रोकायालाई सो उपाधि प्रदान गरेको हो । हुम्ला सिमीकोटका रोकायाका ‘नाफाको जिन्दगी’, ‘खस व्यासी थपल्याको नलेखिएको इतिहास’ र ‘लिपुलेक : भ्रम र यथार्थ’(संयुक्त) पुस्तकसमेत लेखिसक्नुभएको छ । रोकायाले न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य र ‘जनदिशा’ दैनिकका सम्पादकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ ।