back

कलाकार  डङ्गोल अस्पताल भर्ना

वि.सं.२०७३ चैत २ बुधवार

696 

shares

 २ चैत,काठमाडौँ । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोल पेटसम्बन्धी समस्याले अस्वस्थ भई भक्तपुर क्यान्सर अस्पताल भर्ना हुनुभएको छ ।
उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको छ । नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उहाँले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति(पहिलो पुस्तक)मा कैयौँ कला रचना गर्नुभएको छ ।
हालै उहाँ र उहाँका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी यहाँ सफलतापूर्वक सम्पन्न भएको थियो । उहाँले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ ।
आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराजसिंह सुवालले प्रेस विज्ञप्ति जारी गरी बयोधा अस्पतालमा केही दिनको उपचारपछि भक्तपुर अस्पतालमा शनिबारदेखि उपचाररत सोमाका सक्रिय सदस्य डङ्गोलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

वि.सं.२०७३ चैत २ बुधवार १४:४३ मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...