back
CTIZAN AD

कलाकार  डङ्गोल अस्पताल भर्ना

वि.सं.२०७३ चैत २ बुधवार

831 

shares

 २ चैत,काठमाडौँ । नेपालका वरिष्ठ चरा कलाकार हिरालाल डङ्गोल पेटसम्बन्धी समस्याले अस्वस्थ भई भक्तपुर क्यान्सर अस्पताल भर्ना हुनुभएको छ ।
उहाँले नेपाली चराहरुको मात्र विषय लिएर पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहनुभएको छ । नेपालमा पाइने चरासम्बन्धी विशेष अध्ययन गरेर डा फ्लेमिङ, कलाकार लैनसिँह बाङ्देल र हेम पौडेलसँग काम गर्दा उहाँले ‘वर्डस अफ नेपाल’ शीर्षक चरासम्बन्धी कृति(पहिलो पुस्तक)मा कैयौँ कला रचना गर्नुभएको छ ।
हालै उहाँ र उहाँका परिवारका सदस्यको चरासम्बन्धी चित्र प्रदर्शनी यहाँ सफलतापूर्वक सम्पन्न भएको थियो । उहाँले अमेरिका, जापान, बेलायत लगायत देशमा दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ ।
आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराजसिंह सुवालले प्रेस विज्ञप्ति जारी गरी बयोधा अस्पतालमा केही दिनको उपचारपछि भक्तपुर अस्पतालमा शनिबारदेखि उपचाररत सोमाका सक्रिय सदस्य डङ्गोलको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रासस

वि.सं.२०७३ चैत २ बुधवार १४:४३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...