Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

विश्वकप चेसको छनोट प्रतियोगिता शुक्रबारदेखि



३ चैत, काठमाडौँ । विश्व चेस महासङ्घ फिडेको आयोजनामा हुने विश्वकप चेसको छनोट प्रतियोगिता ‘एसियन जोनल ३.२ चेस च्याम्पियनसिप’ शुक्रबारदेखि नेपालमा हुने भएको छ ।

नेपालमा दोस्रो पटक आयोजना हुन लागेको उक्त च्याम्पियनसिप यही चैत ५ देखि १५ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा एसियन जोन ३.२ का अध्यक्ष राजेशहरि जोशीले जानकारी दिनुभयो । यसअघि नेपालले विसं २०७१ मा पहिलो पटक सो प्रतियोगिता आयोजना गरेको थियो ।

फिडेको विश्व चेस च्याम्पियनसिप २०१६–२०१८ अन्तर्गत आगामी वर्ष भदौ २७–असोज १२ सम्म जर्जियाको टिबीलिसीमा हुने विश्वकपका लागि एसियन छनोट भने नेपालमा हुन लागेको हो । उक्त च्याम्पियनसिपमा नेपालसँगै बङ्गलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान र माल्दिभ्सका महिलातर्फ १६ र खुलातर्फ ३० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको पुरस्कार राशि भने रु छ लाख ५० हजार छ । यस्तै च्याम्पियनसिपको महिला र पुरुषतर्फका विजेताले ‘इन्टरनेसनल मास्टर आइएम’को उपाधि प्राप्त गर्नेछन् ।

यसैगरी नौ खेलबाट ६५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने खेलाडीले ‘फिडे मास्टर एफएम’ तथा ५० प्रतिशत अङ्क ल्याउनेले ‘मास्टर सिएम’ को उपाधि पाउनेछन् । प्रतियोगिता स्थानीय कान्तिपथस्थित होटल एलो प्यागोडामा हुने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले