back
CTIZAN AD

सिसेल्स भ्रमणमा रहेका श्रममन्त्री सामु एनआरएनएले उठायो कामदारका समस्या

वि.सं.२०७८ चैत ७ सोमवार

1.4K 

shares

माहे आइल्याण्ड, सेसेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) सेसेल्सले सिसेल्स भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठको स्वागतमा एक कार्यक्रमको आयोजना गरेको छ ।

May be an image of 6 people, people standing, flower and indoor

मार्च १८ देखि २० सम्मको तीनदिने सेसेल्स भ्रमणका क्रममा श्रममन्त्री श्रेष्ठले नेपाल र सेसेल्सबिचको दुइपक्षीय सम्बन्ध, श्रम सम्झौता र नेपाली श्रमिकहरुको हकहितका सम्बन्धमा यहाँका सरोकारवाला निकाय र सम्बन्धित मन्त्रालयका मन्त्रीसँग व्यापक छलफल भएको बताएका छन् ।

May be an image of 4 people, people standing, indoor and text that says 'K'

सिसेल्स भ्रमणको अन्तिम दिन एनआरएनए सेसेल्सले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बिदेशमा श्रम गरेर अर्थतन्त्र धान्ने नेपालीहरुको हकहित र सुरक्षाको लागि सरकार प्रतिबद्द रहेको बताए ।

मन्त्री श्रेष्ठले सेसेल्समा कार्यरत नेपालीहरुको लागि स्थानिय सो–सरह तलब–सुबिधा र सेवाको लागि पहल गर्ने, श्रम सम्झौताको लागि पहल गर्ने तथा सेसेल्समा अन्य पनि थुप्रै क्षेत्रमा रोजगारीको वातारण सिर्जना गर्नको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।

अबैधानिक तवरले अनावश्यक र अत्यधिक रकम असुलेर नेपालीलाई नेपालीले ठगी गर्ने गरेको दुःखद समाचार सुन्नु परेकोमा मन्त्रीले खेद प्रकट गर्दै आइन्दा त्यस्तो हुन नदिने आस्वासन समेत दिए । ‘अबदेखि कुनै पनि समस्या भए एनआरएनएमार्फत आधिकारिक रुपमा गुनासो लिएर श्रम मन्त्रालय सक्दो सहयोग गर्न सदैव तयार छ ।’

उक्त अवसरमा एनआरएनएले सिसेल्समा कार्यरत नेपालीहरुको खाइपाई आएको तलब सुबिधा घटेको, एउटै कम्पनीमा एकै प्रकृतिको काममा पनि असमान तलब रहेको, सेसेल्स सरकारले कामदारबाट मासिक रुपमा लिने आय कर तथा अबैधानिक रुपमा नेपालीले नेपालीलाई नै अधिकतम पैसा असुलेर ठगी गरेको लगायतका समस्या राखेका थिए ।

भ्रमण दलमा रहेका श्रम सचिव एकनारायण अर्याल, सहसचिव राजिव पोख्रेल, डा.थानेश्वर भुसाल र नेपालका लागि सेसेल्सका अवैतनिक वाणिज्यदुत नरेश दासको पनि उपस्थिति रहेको थियो ।

मन्तव्यका क्रममा बोल्दै सचिव अर्याल र वाणिज्यदूत दासले पनि सेसेल्समा रहेका नेपालीहरुको हकहित र समस्याका बारेमा सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्दता जनाए ।

May be an image of 3 people, people sitting, people standing and indoor

सेसेल्सको माहे आइल्याण्डस्थित रोचे प्रशासनिक भवनको सभा–हलमा सम्पन्न उक्त कार्यक्रम एनआरएनए सेसेल्सका अध्यक्ष मनोज बिकको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमको संचालन साहित्यकार तथा संस्थाका सल्लाहकार गणेश खड्काले गरेका थिए भने एनआरएनए सेसेल्स महिला उपाध्यक्ष खेसेना लिम्बुले स्वागत मन्तव्य राखेकी थिइन् । साथै संस्थापक अध्यक्ष आर पी पन्तले संस्थाको स्थापना र उपादेयतामाथि प्रकाश पारेका थिए ।

कार्यक्रम अवधिमा साहित्यकार गणेश खड्काले कविता सुनाउँदा उपस्थित सबैमा एकाग्रता छाएको थियो भने कार्यक्रमको अर्को आकर्षण खड्काकै शब्द रचनामा घरदेश र परदेशको कथा समेटिएको गीतको अडियो मन्त्री श्रेष्ठबाट सार्वजनिक गरिएको थियो ।

वि.सं.२०७८ चैत ७ सोमवार १२:११ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...