back

प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

वि.सं.२०७८ चैत ९ बुधवार

543 

shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ ।

सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा आएका थिए । उनलाई वनमन्त्री रामसहायप्रसाद यादव, चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र सम्मेलनका सहभागीहरुले स्वागत गरेका थिए ।

 

वि.सं.२०७८ चैत ९ बुधवार १२:३८ मा प्रकाशित

Himalayan Life AD
एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

काठमाडौँ । एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति...

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

दसैँका अवसरमा प्रदर्शन भएका यी तीन चलचित्र : कस्ले कति कमाए त ?

काठमाडौँ । दसैँको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३...

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति...

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको...

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया

चितवन। भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको...

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण तीन प्रदेशका नौ राजमार्ग अवरुद्ध

काठमाडौँ । देशका विभिन्न ठाउँमा परेको वर्षाका कारण बाढिपहिरो जाँदा...