back

कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

वि.सं.२०८२ असोज २३ बिहीवार

300 

shares
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति एवम् जिल्ला विकास समितिका पूर्वसभापति मल्लको ७८ वर्षमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्  ।
स्वर्गीय मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको  कांग्रेसले जनाएको छ । मल्लको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको बताएको छ ।
मल्लको निधनप्रति कांग्रेस सभापति, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । “मल्लको निधनको खबरले मलाई दुःखीत बनाएको छ, स्वर्गीय मल्लले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिका सदा स्मरणीय रहनेछ, उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ”, सभापति देउवाले भनेका छन् ।
उनले स्वर्गीय मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

वि.सं.२०८२ असोज २३ बिहीवार १२:३६ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...