back
CTIZAN AD

मन्त्री घिसिङद्वारा क्षतिग्रस्त विपी राजमार्ग अवलोकन

वि.सं.२०८२ असोज २३ बिहीवार

543 

shares

काभ्रेपलाञ्चोक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले गत साताको बाढीपहिरोले क्षतिग्रस्त विपी राजमार्गको आज अवलोकन गर्नुभएको छ ।

मन्त्री घिसिङले मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीसँग विहान काभ्रेकको नमोबद्ध नगरपालिका–६ स्थित चौकीडाँडा पुगेर रोशी खोलाको बाढीले कटान गरी क्षति पु¥याएको राजमार्गको विभिन्न खण्डको अवलोकन गरेका हुन् ।

उनले अस्थायी सडक सञ्चालनका लागि छिटोभन्दा छिटो राजमार्ग सूचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माणकार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको हो । उनले भने, “थप उपकरण र जनशक्ति प्रयोग गरेर राती काम गरेर भएपनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिनुहोला ।” मन्त्री घिसिङलेसडक डिभिजन, नेपाली सेना, प्रहरी र स्थानीय तहसँग समन्वय गरी मानवसहित मेशिनरी प्रयोग गरेर प्राथमिकता आधारमा मर्मत कार्य अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले गतसाल असोजमा रोशी खोलाले बगाएको बिपी राजमार्गहुँदै महाभारत गाउँपालिका जोड्ने थान्सिङ पुलको स्थानमा तत्काल बेलिबृज निर्माणसमेत गर्न निर्देशन दिएका छन् ।

मन्त्री घिसिङको राजमार्ग अवलोकनका क्रममा नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराउँदै विभागका कर्मचारीले आफहरुसँग समन्वय गर्नुपर्ने माग राखेका थिए । बाढीले कटान गर्दा उक्त राजमार्गको करिव चार किलोमिटर डाइभर्सन पुर्णरुपमा क्षति पुगेको छ । राजमार्गको रोशी क्षेत्रमा गत सालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो ।

आठ स्थानबाट डाइभर्सन बनाईंदै

बाढीले क्षतिग्रस्त बिपी राजमार्गमा आठ स्थानबाट खोला फर्काएर डाइभर्सन बनाउन सुरु गरिएको छ । उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पाँच स्थान तथा सिन्धुलीको तीन खण्डबाट डाइभर्सन निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँशी, पिन्थली र भ्याकुरेखोलामा डाईभर्सन बनाउने काम भइरहेको छ । डाइभर्सन बनाउने काम काभ्रेपलाञ्चोक खण्डमा १२ स्काभेटर, ४ वडा ह्वील लोडर र ८ टिपर प्रयोग भइरहेको छ ।

यस्तै, सिन्धुलीको नेपालथोक लगायतका तीन स्थानबाटबाट पनि डाइभर्सन बनाउन थालिएको हो । सिन्धुलीस्थित डिभिजन सडक कार्यालय खाल्टेका अनुसार तीन डाइभर्सनमध्ये दुई स्थानमा आज साँझसम्मका निर्माण भैसक्नेछ भने अन्य एक स्थानमा नयाँ कटान गरेको कारण शुक्रबारसम्ममा डाइभर्सन बनिसक्नेछ ।

जिल्ला ट्राफिक कार्यालयका अनुसार हाल राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको २० किलोमिटर बाटो पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको हो ।
कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामासमेत अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

वि.सं.२०८२ असोज २३ बिहीवार १२:२७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...