back
CTIZAN AD

चुनावलाई लिएर विप्लव नेकपामा विभाजन, तीन समूहमा उभिए नेताहरु

वि.सं.२०७८ चैत ११ शुक्रवार

759 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आगामी चुनावमा सहभागी हुने वा नहुने भन्ने कोणबाट विभाजन देखिएको छ । केन्द्रीय समिति बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई लिएर नेताहरु विभाजित भएका हुन् । चुनावको विषयले नेताहरु तीन धारमा विभाजित देखिएका छन् ।

विप्लवले चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव आफ्नो प्रतिवेदनमा समेटेका थिए । जुन मुद्दामा नेताहरु तीन कित्तामा विभाजित भएका छन् ।

अधिकांश नेताहरुले चुनावमा जाने प्रस्ताव क्रान्ति विरोधी भएको भन्दै विपक्षमा आफ्नो मत राखेका छन् भने कतिपय नेताहरु चुनावलाई उपयोग गरेर जानुपर्ने अडानमा छन् । चुनावलाई उपयोग गरेर जानुपर्ने मतमा उभिएका नेतामध्ये केही माओवादी केन्द्रसँग सहकार्य गर्ने पक्षमा देखिएका छन् भने केही एमालेसँग सहकार्य गर्नुपर्ने पक्षमा देखिएका छन् ।

मुख्यतः नेकपाको सचिवालय टिममै चुनावमा जाने वा नजाने भन्ने विषयमा तिक्ततापूर्णं विवाद देखिएको छ । विप्लव, प्रकाण्डलगायतका नेताहरु चुनावमा जानुपर्ने अडानमा देखिएका बेला धमेन्द्र बास्तोला, हेमन्तप्रकाशन ओलीसहितका नेताहरु कुनै हालतमा चुनावमा जान नहुने अडानमा छन् । यता विप्लव र प्रकाण्डबीच माओवादीसँग सहकार्य गर्ने वा एमालेसँग सहकार्य गर्ने भन्ने कोणबाट विवाद देखिएको छ ।

शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकिएको छ । ६५ सदस्यीय केन्द्रीय समितिका अधिकांश नेताहरु चुनावमा जाने प्रस्तावको विपक्षमा उभिएका छन् । तर, मुल नेतृत्वमा रहेका नेताहरु चुनावको पक्षमा उभिएसँगै विषय पेचिलो बनेको हो ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १३:३७ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...