back
CTIZAN AD

त्रिविले माग्यो भारी संख्यामा उप-प्राध्यापक र प्राविधिक अधिकृतलगायतका पदमा कर्मचारी (सूचनासहित)

वि.सं.२०७८ चैत ११ शुक्रवार

978 

shares

काठमाडौं । त्रि.वि.इ.अ.सं., डीनको कार्यालय अन्तर्गतको विभिन्न क्याम्पसहरुका लागि भारी संख्यामा उप-प्राध्यापक र प्राविधिक अधिकृतलगायतका पदका लागि करारमा कर्मचारीहरुको माग गरेको छ । कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै पुल्चोक क्याम्पस, पुल्चोक, पूर्वाञ्चल क्याम्पस धरान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरा, चितवन इन्जिनियरिङ्ग क्याम्पस रामपुर, चितवन तथा त्रि.वि.इ.अ.सं. परामर्श सेवा, पुल्चोकका लागि विभिन्न विषयका शैक्षिक तथा प्रशासनिक पदमा इ.अ.सं. आन्तरिक करारमा कर्मचारीहरुको माग गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले यहि चैत २५ गते दिनको ३ः०० बजे भित्र त्रि.वि.इ.अ.सं., डीनको कार्यालय, पुलचोक वा सम्बन्धित आङ्कीक क्याम्पसहरुमा २ प्रति दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य जानकारीका लागि डीनको कार्यालय, पुलचोकको सूचना पाटी वा वेवसाइटः www.ioe.edu.np बाट प्राप्त गर्न सकिने छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १३:०८ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...