back
CTIZAN AD

नेपालले पायो २९३ रनको विशाल लक्ष्य, पपुवा न्यूगिनीका २ खेलाडीले जडे अर्धसतक

वि.सं.२०७८ चैत ११ शुक्रवार

825 

shares

११ चैत, काठमाडौँ । नेपाल र पपुवा न्यूगिनी बिचको २ खेलको एकदिवसीय श्रृखला आजबाट सुरु भएको छ । पहिलो एकदिवसीयमा टस हारेर पहिले ब्याटिङ्ग गरेको पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको छ ।

पपुवा न्यूगिनीका लागि ब्याटिङ्गमा २ खेलाडीले अर्धसतकीय पारी खेलेका थिए । पपुवा न्यूगिनीका कप्तान असद वाला ६० रन बनाएर आउट भएका थिए भने चार्ल्स अमिनी ७८ रन बनाएर आउट भएका थिए ।

नेपालका लागि बलिङ्गमा भने सोमपाल कामी, कमल सिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले सर्वाधिक २/२ विकेट हात पारेका थिए । त्यसैगरी सन्दिप लामिछानेले १ र पवन सर्राफले पनि १ विकेट हात पारेका थिए ।

पपुवा न्यूगिनी विरुद्धको पहिलो एकदिवसीयमा जित हासिल गर्नको लागि नेपाली राष्ट्रिय टिमले ५० ओभमा २९३ रन बनाउन पर्ने छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार १३:०८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...