back
CTIZAN AD

अमेरिकालाई जेलेन्स्कीले भने– आश्वासन होइन, रुससँग लड्न मिसाइल देऊ

वि.सं.२०७८ चैत ११ शुक्रवार

780 

shares

काठमाडौं । रुस–युक्रेन युद्धको आज ३० औं दिन हो । झण्डै एक महिना बितिसक्दा पनि युक्रेन हार मानेको छैन र रुस पनि पछि हट्न तयार छैन । बिहीबार, नेटोले ब्रसेल्समा यस संकटलाई लिएर आपतकालीन बैठक गर्यो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो शिखर सम्मेलनलाई सम्बोधन गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध रासायनिक हतियार प्रयोग गरेमा नेटोले गतिलो जवाफ बाइडेनले चेतावनी दिए । उनले रुसले जति हतियार प्रयोग गर्ने नाटोले पनि त्यस्तै हतियार प्रयोग गर्ने बताए ।

तर, रुसविरुद्व युद्ध लडिरहेको यूक्रेनलाई भने हतियारको चरम अभाव भएको छ । रुससँग लड्न उस्काइरहेको नेटोले सहयोग नगरेको भन्दै यूक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुनासो गरेको छन् । उनले तत्कालै एक हजार मिसाइल सहयोग गर्न जेलेन्स्की गर्नुपर्ने माग गरे ।

युक्रेनले अमेरिकालाई रुसी सेनासँग लड्न दिनमा ५०० भाला र ५०० स्टिङगर आवश्यक पर्ने बताएको छ । सीएनएनको रिपोर्टका अनुसार युक्रेनले विगत केही दिनदेखि अमेरिकी सरकारसँग थप सैन्य सहायता लिनको माग गरेको छ ।

पहिले अनुरोध गरिएको सैन्य सहायताभन्दा धेरै एन्टि-एयरक्राफ्ट र एन्टी-ट्याङ्क मिसाइलहरू यूक्रेनले माग गरेको छ । यस सूचीमा जेट, आक्रमण हेलिकप्टर र एस–३०० जस्ता एन्टि-एयरक्राफ्ट प्रणालीहरू पनि छन्।

युक्रेनले यो सूची गत हप्ता अमेरिकालाई दिएको थियो । हालै यो सूची अमेरिकी सांसदहरूलाई हस्तान्तरण गरिएको छ। यस सूचीमा युक्रेनले अमेरिकी निर्मित स्टिङ्गर एन्टी-एयरक्राफ्ट मिसाइल र जेभलिन एन्टी-ट्याङ्क मिसाइलहरूको बढ्दो आवश्यकतालाई जोड दिएको छ। युक्रेनले यसलाई तुरुन्तै यी हतियार र उपकरणहरूको आवश्यकता रहेको बताएको छ।

नेटोको प्रतिक्रिया के छ ?

नेटोको केही सांसदहरूले अमेरिकाले युक्रेनलाई उनीहरूले मागेका हतियारहरू तुरुन्तै उपलब्ध गराउनुपर्ने माग गरेका छन् । नेभाडाका डेमोक्र्याट सेन ज्याकी रोजेनले गत साता पोल्याण्ड र जर्मनीको भ्रमण गरे र ती देशहरूमा आएका युक्रेनी शरणार्थीहरूलाई मानवीय सहायता प्रदान गर्ने नागरिक समाजका संस्थाहरूसँग भेट गरे।

“उनीहरूलाई युद्धमा बाँच्नको लागि मात्र नभई युद्ध जित्नका लागि सबै हतियार र उपकरणहरू चाहिन्छ, त्यसैले हामी उनीहरूलाई हावाबाट जमिनमा मार हान्ने मिसाइलहरू, ड्रोनहरू र सबै लजिस्टिक सपोर्ट प्रदान गर्छौं”, रोजेनले सीएनएनलाई भने।

वि.सं.२०७८ चैत ११ शुक्रवार १४:१४ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...