back
CTIZAN AD

जेलेन्स्कीले भने – नाटोले आफ्नो एक प्रतिशत हतियार दिन्छ भने हामी रुसलाई घुँडा टेकाइदिन्छौं

वि.सं.२०७८ चैत १४ सोमवार

786 

shares

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न अमेरिकालगायत पश्चिमी देशहरूलाई ट्याङ्क, विमान र मिसाइलको सहयोग गर्न आग्रह गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले रुसविरुद्व लड्न हतियार मागेका हुन् । जेलेन्स्कीले आफ्नो क्षमताको एक प्रतिशत सहयोग यूक्रेनलाई गर्न माग गरेका छन् ।

“यदि नाटोले आफ्ना विमान र ट्याङ्कको एक प्रतिशत मात्र युक्रेनलाई हस्तान्तरण गर्छ भने, हामी पाठ सिकाउनेछौं”, उनले भिडियो सन्देशमा भनेका छन, “ती भारी हतियारले जसरी पनि भण्डारमा धूलो जम्मा गरिरहेका छन्, हामी ३१ दिन देखि पर्खिरहेका छौं। यूरो(एट्लान्टिक समुदायको सहयोग ।”

उनले रुसदेखि के डराएको भनि प्रश्न पनि गरेका छन् । “के सबैलाई मस्कोबाट साँच्चै डर लाग्छ ?”, जेलेन्स्कीको प्रश्न छ ।

स्मरणीय छ, बारम्बार आग्रह गर्दा पनि पश्चिमी देशहरूले युक्रेनलाई ठूला हतियार दिएका छैनन् । उनीहरूले एन्टी–ट्याङ्क र एन्टी–एयरक्राफ्ट मिसाइलसहित साना हतियार उपलब्ध गराए पनि ट्याङ्क, विमान, लामो दुरीको क्षेप्यास्त्र जस्ता भारी हतियार दिन अस्वीकार गरेका छन्।

अर्कोतर्फ रसियाले शनिबारदेखि रसीयाले आफ्नो युद्ध नीति नै परिवर्तन गरेको छ । उसले निश्चित क्षेत्रलाई कब्जा गर्ने नीतिलाई अगाडि सारेको छ । रसियाले डोनबासलाई कब्जा गर्ने गरि सैन्य कारबाही अगाडि बढाएको छ । जसलगत्तै, लुहान्स्क सहरका स्थानीय पृथकतावादी नेताले आफ्नो क्षेत्रले छिट्टै रुससँग गाभ्ने पक्षमा जनमत संग्रह गर्ने घोषणा गरे।

सम्बन्धित समाचार

हतासिए जेलेन्स्की, भने – रुससँग लडेर यूक्रेन बचाउन सकिन्न

वि.सं.२०७८ चैत १४ सोमवार १३:२० मा प्रकाशित

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...