back
CTIZAN AD

हतासिए जेलेन्स्की, भने – रुससँग लडेर यूक्रेन बचाउन सकिन्न

वि.सं.२०७८ चैत १३ आइतवार

789 

shares

काठमाडौं । रुसले २४ फेब्रुअरीमा युक्रेनमा पहिलो आक्रमण गरेको थियो । त्यसयता यो युद्ध खतरनाक बन्दै गएको छ । ३२ दिनको युद्धपछि पनि रुसले युक्रेनमा विनाश मच्चाइरहेको छ । आइतबार उसले युक्रेनको मारियुपोल र लाभिलमा मिसाइल आक्रमण गरेको थियो।

आइतबारको आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको बयान बाहिर आएको छ । युरोपेली देशहरुको आलोचना गर्दै उनले रुसको मिसाइललाई मेसिन गन र शटगनले सामना गर्न नसक्ने बताएका छन् । “हामी हतियारको पर्खाइमा थकित छौं”, जेलेन्स्कीले भनेका छन् ।

मारियुपोल बचाउन सम्भव छैन

राष्ट्रपति जेलेन्स्कीले अब मारियुपोललाई बचाउन सम्भव नभएको बताएका छन् । रुसले क्षेप्यास्त्र प्रयोग गर्दै ठूला आक्रमण गरिरहेका बेला उनले यस्तो घोषणा गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले रुसलाई रोक्न ट्याङ्क र विमान चाहिने बताए ।

पोल्याण्डका राष्ट्रपति एन्ड्रेजेज डुडसँगको भर्चुअल भेटमा जेलेन्स्कीले युक्रेनले पोलिश मिग-२९ जेट नपाएकोमा आफू निराश बताए ।

जेलेन्स्कीले फेरि गरे वार्ताको प्रस्ताव

यी आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि वार्ताको प्रस्ताव गरेका छन् । यो विनाश रोक्न अब वार्ताको बेला आएको उनले बताए । उनले रुसले आफ्नो गल्ती सच्याएन भने आगामी पुस्ताले यसको परिणाम भोग्नुपर्ने बताए ।

रुसले तेल आक्रमण गर्ने संकेत दिएको थियो

युद्धको बिचमा शनिबार रुसले युद्ध सम्बन्धी आफ्नो रणनीति परिवर्तन गरिरहेको संकेत आएको थियो । रुसी सैन्य अधिकारीले यूक्रेनमा पहिलो चरणको युद्ध सफलतापूर्वक सकिएको भन्दै दोस्रो चरण सुरु गरेको बताएका थिए ।

रुसी अधिकारीहरुले दोस्रो चरणको युद्ध केही फरक हुने संकेत गरेका थिए ।

रुसी अधिकारीहरुले अबको लक्ष्य डोनभास क्षेत्र पूर्णं नियन्त्रण गर्ने रहेको बताएका छन् । रुसले पृथकतावादी आन्दोलन चलिरहेको क्षेत्रलाई स्वतन्त्र बनाउने गरि सहयोग गर्ने तयारी गरेको छ । साथै, यूक्रेनसँग हतियार सकिएको निष्कर्षसहित ठूला आक्रमण गर्ने तयारी पनि रुसको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७८ चैत १३ आइतवार १३:४७ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...