back
CTIZAN AD

चीनमा दुर्घटनाग्रस्त विमानमा रहेका सबै १३२ यात्रुको मृत्यु भएको पुष्टि

वि.सं.२०७८ चैत १३ आइतवार

759 

shares

१३ चैत, काठमाडौँ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको यात्रु बाहाक विमानमा रहेका सबै १३२ जना यात्रुको मृत्यु भएको पुष्टि भएको छ ।

घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरूका परिचालन गरिए पनि विमानको “ब्याकबक्स” मात्रै फेला परेको छ ।

चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् ।

“बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छैन, यो अत्यन्त दुःखद खबर हो,” चिनियाँ नागरिक उड्डयन प्रशासनका उपप्रमुख हु झेन्जीयाङले भने ।

घटनामा परी मृत्यु भएका मध्ये १२३ जना यात्रु र नौ जना चालक दलका सदस्य रहेको पनि उनले स्पष्ट पारे ।

घटनास्थलमा खोजी तथा उद्धारका लागि चिनियाँ कम्युनिष्ट पार्टी र राज्य परिषद्को सिफारिसमा अग्नि नियन्त्रक, सशस्त्र प्रहरी, सैन्य अधिकारी, सार्वजनिक सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयमसेवकहरु लगायत खटिएका थिए ।

घटनामा मृत्यु भएका मध्ये १२० जनाको डिएनए परीक्षण गरी पहिचान भइसकेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । दक्षिणपश्चिमी चिनियाँ प्रान्त युनानको राजधानी कुन्मीङदेखि गुन्डोङ प्रान्तको राजधानी गोन्झाउ तर्फ जार्दै गरेको बेला विमान बेपत्ता भएको हो । स्थानीय समय अनुसार सोमबार दिउसो २।३८ बजे विमान बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

वि.सं.२०७८ चैत १३ आइतवार १३:४७ मा प्रकाशित

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

अमेरिका इरान सम्झौताको मस्यौदा तयार, के–के छन् सम्झौताको मस्यौदामा ?

तेहरान ।अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...