back
CTIZAN AD

चैत १८ र १९ गते राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने

वि.सं.२०७८ चैत १३ आइतवार

669 

shares

१३ चैत, काठमाण्डौं । नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेशनलको आयोजनामा दोस्रो राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता यही चेत १८ र १९ गतेका लागि आयोजना गरिएको हो ।

नेपाली खेल जगतमा छुट्टै पहिचान बनाउने उद्देश्य राखेर २०७४ सालमा स्थापना भएको नेपाल फुल कन्ट्याक्ट कराँते महासंघले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल क्योकूशिन बुदो कराँते साकाई ईन्टरनेश्नलको मुख्यालय बेलायतमा रहेको छ । खेलकुद क्षेत्रको सार्वेच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ता लिई आफ्नो गतिविधिलाई निरन्तरता दिई रहेको महासंघले गर्न लागेको यो प्रतियोगिता राष्ट्रिय स्तरको हुने पत्रकार सम्मेलन मार्फ जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली फुलकन्ट्याक्ट कराँते साकाइ इन्टरनेशनलले यसमा आवद्ध रहेका सम्पूर्ण खेलाडी, खेलप्रमी, निर्णायक र प्रशिक्षकहरुलाई एकतावद्ध गराएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । साथै फुलकन्ट्याक्ट कराँते महासंघसँग आवद्ध सम्पूर्ण खेलाडीहरुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने सम्बन्धित निकायहरुको समन्वयात्मक भूमिका निर्वाह गरी एक जिम्मेवार संघको रुपमा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल हुने लक्ष्यमा लम्कि रहेको समेत जनाएको छ ।

यसअघि मिति २०७४ फाल्गुन ४ र ५ गतेका दिन संघले प्रथम राष्ट्रव्यापी खुल्ला फुलकन्ट्याक्ट क्योकूशिन बुदो कराँते प्रतियोगिता २०७४ काठमाण्डौंको स्वम्भू भूईखेलमा सम्पन्न गरेको थियो । त्यस्तै सिन्धुली जिल्लाको हरिहरपुरगढी गाँउपालिकामा विन्टर क्याम्प, नेपालको पर्यटकीय स्थल चितवनको सौराहामा समर क्याम्प र दोलाखा जिल्लाको चरिकोटमा विन्टर क्याम्प सम्पन्न गरेको थियो । यस संघले ४३ जना खेलाडीलाई ईन्टरनेश्नल ब्लाक बेल्ट टेष्ट र २५ जना खेलाडीलाई नेशनल ब्लाक बेल्ट टेष्ट वितरण गरिसकेको छ ।

यस पटक आयोजना गरिएको प्रतियोगितामा काठमाण्डौं, भक्तपुर, ललितपुर, दोलखा, काभ्रे, बारा, पर्सा, महोत्तरी, मकवानपुर, चितवन, कास्की, मोरङ, स्याङ्जा, सिन्धुली लगायतका जिल्लाहरुबाट १५० देखि २०० सम्मको संख्याका खेलाडीहरुले ७ वटा तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । जसमा पुरुष तौल समूह ३५ केजी मुनि, ५५ केजी मुनि, ६० केजी मुनि र ६० केजी माथि (खुल्ला) तथा महिला समूहमा ५० केजी मुनि, ५५ केजी मुनि र ५५ केजी माथि (खुल्ला) सहभागिता रहने छ ।

उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना गरी सम्पूर्ण विजेता खेलाडीहरुलाइ्र्र शिल्ड, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मानित गरिने आयोजक संस्थाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

खेलाडीहरुले प्रतियोगितामा निशुल्क सहभमगी हुन पाउनेछन् भने यातायात, आवास र खानाको व्यवस्था समेत संस्थाले नै गर्ने भएको छ । यस संस्थासँग आवद्ध रहेकाले प्राथमिकताका साथ भाग लिन पाउने उक्त प्रतियोगितामा अवद्ध नरहेका खेलाडीहरुले समेत संस्थाको नीतिको अधिनमा रहेर सहभागिता जनाउन सक्नेछन् ।

कार्यक्रम गर्दा १७ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । उक्त खर्चको लागि राष्ट्रिय खेलकुद परिषद्, काठमाडौं महानगरपालिका र विभिन्न निकायमा आग्रह गरिएको समेत पत्रकार सम्मेलनबाट जानकारी दिईएको छ । प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरु १७ गते नै काठमाडौं आइसक्नु पर्नेछ ।

वि.सं.२०७८ चैत १३ आइतवार १३:३४ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...