back
CTIZAN AD

रूबलमा रुसी ग्यासको भुक्तानी ‘अस्वीकार्य’ : जी–सेभेन

वि.सं.२०७८ चैत १५ मंगलवार

711 

shares

बर्लिन  । रुबलमा रूसी ग्यासको भुक्तानी अस्वीकार्य हुने विश्वका ठूला सात औद्योगिक राष्ट्रहरूको समूह (जी–सेभन) समूहका सदस्य राष्ट्रले सोमबार दोहो¥याएका छन् । समूहमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका रहेका छन् ।

जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले उक्त मागले राष्ट्रपति भ्लादिमिर पुटिनको ढाड ‘पर्खालविरुद्ध’ भएको देखाएको बताए ।

“जी–सेभन राष्ट्रका ऊर्जा मन्त्रीहरू यो विद्यमान सम्झौताहरूको एकपक्षीय र स्पष्ट उल्लङ्घन हो भन्ने कुरामा सहमत भए,” हाबेकले भने । हाल जर्मनीले जी–सेभनको अध्यक्षता गरिरहेको छ ।

“रुबलमा भुक्तानी स्वीकार्य छैन र हामी सरोकारवाला कम्पनीहरूलाई पुटिनको मागको पालना नगर्न आह्वान गर्दछौँ ।”

पुटिनले गत हप्ता रूसले सबै युरोपेली सङ्घमा समावेश देशहरूलाई प्राकृतिक ग्यास वितरणका लागि रूबलमा भुक्तानी मात्र स्वीकार गर्ने घोषणा गरेका थिए ।

युक्रेनमा आफ्नो आक्रमणमाथि पश्चिमले लगाएको कमजोर प्रतिबन्धको बाबजुत मस्कोले आफ्नो अर्थतन्त्रलाई प्रभावित हुन नदिन सङ्घर्ष गरिरहेको बेला यो कदम चालिएको हो ।

“मेरो विचारमा हामीले यस मागलाई पर्खालविरुद्ध पुटिनको पिठ्यूँ भएको रूपमा व्याख्या गर्नुपर्छ,” हबेकले आफ्ना जी–सेभेन समकक्षहरूसँगको छलफलपछि संवाददाताहरूसँग भने ।

फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोँले शुक्रबार पुटिनको ‘ग्यास–फर–रूबल’ मागलाई अस्वीकार गरिसकेका छन् ।

रूसी कदम ‘सम्झौताअनुरूप छैन र हामीले यसलाई किन लागू गर्ने भनेर म बुझ्न सकेको छैन,” म्याक्रोँले भने ।

अन्य युरोपेली देशहरू जस्तै जर्मनी पनि युक्रेन युद्धको कारण रूसी ऊर्जा आयातमा आफ्नो भारी निर्भरता कम गर्ने पहल गरिरहेको भए पनि अहिलेसम्म रुसी तेल र ग्यासको बहिष्कार गर्ने आह्वानको विरोध गर्दै यसो गर्दा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र (जर्मनी)मा अस्तव्यस्त हुनसक्ने उसले बताएको छ ।

यसैबीच, रूसले युक्रेनसँगको युद्धमा आफूलाई एक्लाउने मुलुकका नागरिकलाई आफ्नो भूगोलमा प्रवेशमा समेत कडाइ गर्ने तयारी गरिरहेको रूसी विदेशमन्त्री सेर्गेई लाभारोभले सोमबार बताएका छन् ।एएफपी

 

वि.सं.२०७८ चैत १५ मंगलवार ०८:१५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...