back
CTIZAN AD

रुस–युक्रेन युद्ध : युद्ध रोक्न वार्तामा जुटेका वार्ताकारलाई नै दिइयो विष

वि.सं.२०७८ चैत १५ मंगलवार

768 

shares

काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्ध नरोकियोस् र यस्तो विनाश जारी नै होस् भनेर खतरनाक षड्यन्त्र रचिएको छ । यही षड्यन्त्रअन्तर्गत दुई देशबीच मेलमिलापको प्रयासमा लागेका शान्ति वार्ताकारहरूलाई निशाना बनाइँदैछ । वाल स्ट्रिट जनरलको रिपोर्टका अनुसार रुसी अर्बपति रोमन अब्रामोविच र युक्रेनी शान्ति वार्ताकारहरूलाई वार्ताकै क्रममा विष दिइएको थियो। दुबैको शरिरकाे जाँच गर्दा विषको निशान भेटिएको छ । यद्यपि, विषकाे विषयमा क्रेमिलोनबाट कुनै प्रतिक्रिया आएको छैन।

शरीरबाट छाला अलग हुन थालेको थियो

रिपोर्टका अनुसार अब्रामोविच र अन्य वार्ताकारहरूमा देखिएका लक्षणहरू विषका थिए । बोल्दा उनीहरुका आँखा राता भएका थिए । शरीरमा कडा पीडा थियो र आँसु निरन्तर बगिरहेको थियो। यसबाहेक उनीहरुको हात र अनुहारबाट छाला पनि निस्कन थालेका थिए । क्राइमियाका सांसद उमरोभ पनि यस घटनाको शिकार भएका छन्।

विष दिने षड्यन्त्र रचियो

क्रेमलिनका अनुसार रुस र युक्रेनबीचको शान्ति वार्तामा रुसी अर्बपति अब्रामोभिचले पहिलो भूमिका खेलेका थिए । त्यसपछि यो प्रक्रिया दुवै देशका प्रतिनिधिमण्डलको हातमा हुन्छ । वास्तवमा, अब्रामोविचले रुसी आक्रमण रोक्न युक्रेनको अनुरोधलाई स्वीकार गरेका थिए।

कसले षड्यन्त्र गरिरहेको छ ?

वाल स्ट्रिटको रिपोर्टअनुसार रसियाका युद्ध समर्थकहरूले शान्ति वार्तालाई सफल हुन नदिन यस्तो षड्यन्त्र रचेका थिए। युक्रेनी टोलीका दुई वरिष्ठ सदस्य पनि घटनामा परेका थिए। तर, विष खुवाउनुको उद्देश्य कसैको ज्यान लिनु नभई चेतावनी दिनु रहेको पनि बताइएको छ ।

फेरि वार्ता हुने भएको छ

युद्ध रोक्न दुवै देशका नेता आज टर्कीको इस्तानबुलमा फेरि भेट्न लागेका छन् । यसैबीच युक्रेनले शान्ति वार्ताको प्रस्ताव गरेको छ । तर, पुटिनले सर्तहरू नमान्दासम्म नरोक्ने स्पष्ट जवाफ दिएका छन् । यो वार्तामा दुवै देशका नेताहरुले न खाने न पिउने बताइएको छ । एजेन्सीबाट

वि.सं.२०७८ चैत १५ मंगलवार १२:१४ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...