back
CTIZAN AD

नेकपाको अध्यक्षमा लोकनारायण सुवेदी निर्वाचित, को–को छन् त ५५ सदस्यीय केन्द्रीय समितिमा ?

वि.सं.२०७८ चैत १५ मंगलवार

1.4K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले लोकनारायण सुवेदीको अध्यक्षतामा ५५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

पुष १६ र १८ मा शुरु भै स्थगन भएको सो पार्टीको एकतोको दोस्रो राष्ट्रिय सम्मेलन चैत ११ र १२ गते जनकपुरमा सम्पन्न भएको हो ।

सो पार्टीले जनाए अनुसार पार्टीको अध्यक्षमा लोकनारायण सुवेदी, उपाध्यक्षमा क. भीम प्रसाद सेढाईं, महासचिवमा. शरणविक्रम मल्ल, सचिवद्वयमा महेन्द्र जोशी र रामदुलार महतो तथा कोषाध्यक्षमा सीता सुवेदी एवं सचिवालय सदस्यहरुमा भीमकुमार बान्तवा, भूमिप्रसाद ढुंगाना, बद्रीनाथ अधिकारी, नरेन्द्रबहादुर तण्डुकार र चन्द्रदेव रामको चयन भएका छन् ।

तयसैगरी केन्द्रीय सदस्यहरुमा तेजबहादुर मल्ल, देवीप्रसाद आचार्य, प्रवीण जोशी, गंगा कार्की, कमला सेढाईं, गणेश कुमार खड्का, तिलकबहादुर कटुवाल, शुकदेब चौधरी, दमन कटुवाल, धर्मेन्द्र चौधरी, रामकुमार चौधरी, दिलसाद अहमद खाँन, दुखीलाल चौधरी, गोविन्द बहादुर गुरुङ्ग, शंकर सदा, जयलाल पाख्रिन, सूर्यनारायण दास, परमेश्वर मण्डल, शंकर दास, भरत मल्ल ठकुरी, नवराज श्रेष्ठ, हरिबहादुर खत्री,सन्देश भटराई, सुशील ढुंगाना, रोहित कोइराला, राजकुमार राम, सन्तोष साह, बिद्या उपाध्याय, रिता मल्ल, दाडोमा शेर्पा, ज्योति गिरी, गीता थापा, गीता राई, देविका कुमारी मगर, फुलवती चौधरी, नन्दिनी देवी सदा, नूरजहाँ खातुन, लक्ष्मीदेवी, कमला आचार्य, लालोदेवी दनवारनी, सावित्री देवी पासवान, बरुणा राणा, हेमकुमारी मगर र यशोदा लुंगेली मगर निर्वाचित भएका छन् ।

त्यसैगरी सम्मेलनले राष्ट्रिय परिषद सदस्यहरु पनि चयन गरेको छ । केन्द्रिय समितिका सदस्य पदेन रहने गरी चयन गरिएका थप सदस्यहरुमा मुन्सिलाल दास, डण्डिराम तिमल्सिना, तोयाराज अधिकारी, एसबी कडारी, अशोक सदा, गोपाल खरेल, नारायण कटुवाल, डा. पशुपति चौधरी, राधासिंह अहिर, राधेश्याम चौधरी, टंक कटुवाल, युवराज लिम्बु, राजकुमार बस्नेत, बद्रीविशाल यादव, किसन महरा, बिमल शर्मा, निरोज ढुंगेल, राज कुमार सिंह, ललितमान पाख्रिन, बामुराम थापा, नशिम खान, रामश्रीष महरा र शिवबहादुर मण्डल रहेका छन् ।

 

वि.सं.२०७८ चैत १५ मंगलवार ११:५७ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...