back
CTIZAN AD

एनआरएनए नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु

वि.सं.२०७८ चैत १५ मंगलवार

735 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०२१–०२३ का लागि नवनिर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

मार्च २९ का दिन सम्पन्न पहिलो बैठकमा नवनिर्वाचित अध्यक्षहरुद्वारा २०२१–०२३ कार्यकालका पदाधिकारी तथा आइसिसि सदस्यहरुलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण गर्दै विभिन्न निर्णयहरु गरिएको छ ।

निर्णयमा आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको बताइएको छ ।

त्यस्तै परोपकारी परियोजना अन्तर्गत काठमाडौस्थित पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने निर्णय अनुरुप नवनिर्वाचित अध्यक्ष कूल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २,५६,५०, २२२ गरी जम्मा ३,५६,५०,२२२ (तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस) को प्रतिबद्धता प्राप्त भएको बताइएको छ ।

त्यस्तै एनसिसिहरुमा भएका समस्या समाधानकालागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेलाई क्षेत्रीय संयोजकहरुसंग समन्वय गरि समाधान गर्ने जिम्मा दिइएको निर्णयमा उल्लेख गरिएको छ ।

कार्यसमितिको अर्को बैठक अप्रिल तारिख नेपाली समय ४ बजे बस्ने प्रवक्ता शिव कुमार बरुवाल र सोम सापकोटाले जनाएका छन् ।

 

वि.सं.२०७८ चैत १५ मंगलवार १२:४४ मा प्रकाशित

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...