back
CTIZAN AD

माछापच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

वि.सं.२०७८ चैत १५ मंगलवार

552 

shares

१५ चैत, काठमाडौँ । वित्तिय साक्षरता जगाउने उद्धेश्यले हरेक वर्ष विश्वव्यापीरुपमा मनाउने ग्लोबल मनि सप्ताह माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च २१ तारिख देखि २७ तारिख सम्म परेको ग्लोबल मनि सप्ताह अन्र्तगत माछापुच्छ्रे बैंक लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तिय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।

बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल कलेज, क्लवहरु संग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरि अन्र्तकृया तथा साक्षरता ¥यालीहरुको आयोजना गरी ग्लोबल मनि सप्ताह मनाएको हो ।

बैंकले ग्लोबल मनि सप्ताह अन्तर्गत मिति २०७८÷१२÷१२ मा काठमाण्डौं लगायत देशका विभिन्न प्रदेशहरुमा वित्तीय साक्षरता जगाउने उद्देश्यले ¥यालि निकालेको थियो । विभिन्न वित्तिय साक्षरता सम्बन्धि जानकारीहरु लेखिएका प्लेकार्ड सहित राजधानीको बुढानिलकण्ठ स्थित होटल सब्रिनाबाट सुरु भएको ¥यालि भंगाल, चुनिखेल, सुन्दरबस्ति, कपन, गुम्बा, कपन हुदै पुन होटल सब्रिनामा नै आएर समापन भएको थियो । उक्त ¥यालिमा बैकका संचालक समितिका सदस्य जय मुकुन्द खनाल, प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायत काठमाडौं उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

त्यस्तै बैंकले ग्लोबल मनि सप्ताहकै उपलक्ष्यमा काठमाडौँ बाहिर लुम्बिनी प्रदेशको भैरहबा र नेपालगन्ज, मधेश प्रदेशमा गोलबजार , र जनकपुर प्रदेश नं. १ माईट्टहरी र बिर्तामोड, सुदुरपश्चिम प्रदेशमा धनगढी र गण्डकी प्रदेशमा पोखरा लगायतका स्थानहरुमा पनि वित्तीय साक्षरता ¥यालि निकालेको थियो । भने सप्ताह भरि बैंकका शाखाहरुले विभिन्न स्कुल, कलेज तथा स्थानिय क्लबहरुमा विभिन्न उमेर समुहलाई लक्षित गर्दै वित्तीय साक्षरता अन्तर्गत वित्तीय ज्ञान ,सुरक्षित तथा डिजिटल बैकिङ्ग कारोबार सम्बन्धि सचेतना जगाउने उद्धेश्यले अन्र्तकृया कार्यक्रमहरुको आयोजना गरेका थिए । साथै सोहि अवधिमा बैंकले विभिन्न संचार माध्यमहरु मार्फत वित्तिय साक्षरता सम्बन्धि रेडियो नाटक एंव जिंगल समेत प्रसारण गरेको थियो ।

माछापच्छ्रे बैंकले आम ग्राहकवर्गलाई लक्षित गर्दे यस अघि पनि विभिन्न समयमा विभिन्न माध्यमहरु मार्फत वित्तिय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको थियो ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ चैत १५ मंगलवार १६:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...