back
CTIZAN AD

“डान्सिङ स्टार्स नेपाल” को एक मात्र भोटिङ पार्टनर ‘खल्ती’

वि.सं.२०७८ चैत १५ मंगलवार

615 

shares

१५ चैत, काठमाडौँ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको “डान्सिङ स्टार्स नेपाल“ को एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेटले साझेदारी गरेको छ ।
यो प्रतियोगिता १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ ।

यो साझेदारीबारे प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं। साथै खल्ती प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिनभोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महशुस गरेका छौँ ।

यस भोटिंग सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिङ्क, स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ ।

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

वि.सं.२०७८ चैत १५ मंगलवार १६:४५ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...