back
CTIZAN AD

पहिलो पटक चिनियाँ प्रविधिको प्रयोग गर्दै सडक मर्मत

वि.सं.२०७८ चैत १६ बुधवार

555 

shares

मनाङ । गत जेठ र असारमा भएको अविरल वर्षापछि भत्किएको बेँसीसहर-चामे सडक मर्मतको जारी छ । सडक विभागद्वारा पहिलो पटक चिनियाँ प्रविधि प्रयोग गरी सडक ढलान काम भइरहेको छ ।

डुम्रे-बेँसीसहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार हालका लागि करिब ४०० मिटर सडक ढलान गरिएको र यो प्रविधि परीक्षणको चरणमा छ ।

जिल्लामा यसअघि पनि यो चिनियाँ प्रविधि प्रयोग गरी सडक निर्माण गरिसकिएको छ । यसअघिको नतिजा राम्रो आएकाले अहिले सरकारी स्तरबाट निर्माणको काम भएको उनले जानकारी दिए । “अब यस कार्यको प्राविधिक, आर्थिक लगायतका सम्पूर्ण विवरण सडक विभाग हुँदै मन्त्रालय पुगेपछि यस प्रविधिबाट ठेक्का लगाई काम गर्ने भएको छ,” उनले भने ।

“सडक बन्ने बित्तिकै गाडी गुडाउन सहज हुने भएको छ, यस प्रविधि मनाङ जस्ता चट्टानी भूगोल भएको क्षेत्रमा सडक ढलानका बेला वैकल्पिक बाटो प्रयोग गर्न नसकिने ठाउँहरुमा एकदम उपयोगी हुने देखिन्छ,” नासों गाउँपालिका-१ तालका अन्द्रे गुरुङले भने । “यस प्रविधिबाट सडक ढलान गर्दा पानी कम प्रयोग गरिन्छ, रोलर लगाइन्छ र कमप्याक्शनपछि अरू सतहमा नटाँसिने भएकाले ढलानपछि हप्तौँ कुर्नुपर्ने बाध्यता हुँदैन,” उनले भने ।

सांसद पोल्देन छोपाङ गुरुङले भने, “मनाङको लाइफलाइनका रुपमा रहेको सडकमा नयाँ प्रविधिको प्रयोग गरी फटाफट गरिएको काम अहिलेको आवश्यकता हो ।” जिल्लाको मेरुदण्डको सडकको मुहार फेर्न कार्ययोजनासहित अघि बढेकाले डुम्रे-बेँसीसहर-चामे सडकमा धेरै सुधार भएको र अझै तीव्र गतिमा काम अघि बढाउने योजना रहेको आयोजना प्रमुख पन्तले जानकारी दिए ।

माथिल्लो मनाङ जाने सडकअन्तर्गतको तलेखु-भ्राताङ भिरमा बम ब्लास्टिङ गरेर सहज रुपमा यातायात सञ्चालन भएको छ । डुम्रे-बेँसीसहर-चामे सडक खण्डको १०७ किमीमध्ये लमजुङको बेँसीसहरदेखि नासों गाउँपालिका-१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ ।
रासस/फाइल फोटो

वि.सं.२०७८ चैत १६ बुधवार १४:०८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...