काठमाडौं । खल्ती डिजिटल वालेटले नयाँ अफर ‘खल्ती लेख-स्टार’ ल्याएको छ । ‘खल्ती’को नयाँ अफर ‘खल्ती लेख-स्टार’ अन्तर्गत ३ जनाले रु. ५० हजार, २५ हजार र १५ हजार जित्न सक्ने छन् । ‘खल्ती लेख-स्टार’ बन्न जो कोहिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्ने ‘खल्ती’ले जनाएको छ ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर, कविता, उखान टुक्का, ट्याग लाइन्स , र्याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी ३प्जबतिष्ीभपजकतबच राखी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, यु्ट्युब या टिकटकमा सेयर गर्नुपर्ने बताइएको छ । पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक ‘खल्ती’ ले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन पाइने खल्तीले जनाएको छ । यो प्रतियोगिता चैत्र १५, २०७८ देखि बैशाख १४, २०७९ सम्म लागु हुने खल्तीले जनाएको छ ।
यस अफर अन्तर्गत घोषित बिजेताले निम्न अनुसारको पुरस्कारहरू प्राप्त गर्ने छन् :- प्रथम पुरस्कार रू. ५० हजार १ जनालाई, दोस्रो पुरस्कार रू.२५ हजार १ जनालाई, तेस्रो पुरस्कार रू.१५ हजार १ जनालाई र सान्त्वना पुरस्काररू. ५ हजार ५ जनालाई प्रदान गरिने ‘खल्ती’ले जनाएको छ । यसका साथै ३ जना बिजेताले खल्तीको भिडियोमा प्रस्तुत हुने मौका पाउनेछन् ।
यस क्याम्पेनका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने – “‘खल्ती’ शब्द आफैमा हरेक व्यक्तिको दैनिक जीवन सँग आबद्द शब्द भईसकेको छ । यस कुरालाई मध्यनजर गर्दै ‘खल्ती लेख-स्टार’ मार्फत विभिन्न लेख प्रतिभाहरुलाई हौशला दिने उद्देश्यले यो योजना ल्याएका छौ । यस प्रतियोगितामा आबद्ध हुने सबै आह्वान गर्छु ।”
“खल्ती” नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।
वि.सं.२०७८ चैत १६ बुधवार १४:३८ मा प्रकाशित






























