back
CTIZAN AD

जबर्जस्ती करणी गरेको भन्दै मुद्दा हाल्ने किशोरीलाई साढे ३ वर्ष जेल सजाय

वि.सं.२०७८ चैत १७ बिहीवार

612 

shares

काठमाडौं । सहमतिमा यौन सम्बन्ध बनाएर जर्वजस्ती करणी भनेर मुद्दा हालेकी एक किशोरीलाई जिल्ला अदालत अछामले तीनवर्ष ६ महिना जेल सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधिश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध बनाएर बलात्कार गरेको भन्दै उजुरी गर्ने १९ वर्षीया किशोरीलाई जेल सजाय सुनाएको हो ।

ती किशोरी र युवकले पहिलो फोनमा कुराकानी गर्ने गरेको र गत माघ १५ गते २० वर्षीय युवकले बिहेका लागि आफ्नो घरमा बोलाएर सोहि दिन युवकले बलात्कार गरेको भन्दै माघको १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

फोनमा कुराकानी भएपछि युवकले बिहेको प्रस्ताव राख्दा किशोरीले घरमै आएर मागेर बिहे गर्नुपर्छ भन्ने प्रस्तावपछि युवक किशोरीको घरमा विहेको प्रताव लिएर गएका थिए । घरमा किशोरीको आमासँग बिहेको कुरा गरेपछि आमाले उक्त दिन आफ्नै घरमा बस्न गरेको आग्रहलाई स्वीकार्दै युवक त्यहि बसेको र राति सहमतिमा यौन सम्बन्ध बनाएको बयान दिएका थिए ।

तर किशोरीले राति आफु बहिनीसँग सुतिरहेका बेला युवकले खाटबाट तानेर आफ्ुलाई जवर्जस्ती बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । सहमतिमा यौन सम्बन्ध बनाएकी किशोरीले युवकले बिवाह गर्न नमान्ने हो कि भन्ने डरका कारण मुद्दा दायर गरेको हुन सक्ने अदालतले आधार बनाएको छ ।

‘उक्त दिनको भोली बिहान मेरो घरबाट अहिले बिवाह नगर घरमा पनि मान्छे वितेका छन् । बिवाह गर्ने भएपछि अनुकुल समय मिलाएर विवाह गरौंला भनेपछि सो कुरा मैले उनलाई भने । भोलीपल्ट हामी आ–आफ्नो घर गएका हौं,’ युवकले बयानमा भनेका छन्,‘पीडितले बिबाह गर्ने बहाना बनाउने हुन् भन्ने ठानी उक्त कुरा लेखाएकी हुन् ।’

अदालतले सहमतिमा यौन सम्बन्ध राखेको तर जबर्जस्ती करणी नभएको ठहर गर्दै बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय ती युवकलाई सफाइ दिएको छ ।

पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उरुच्च अदालतमा पुनरापेदन गर्न सक्ने म्याद दिइएको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार ११:०८ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...