back
CTIZAN AD

प्रधानमन्त्रीको भारत भ्रमणमा चार मन्त्री पनि जाने, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

वि.सं.२०७८ चैत १७ बिहीवार

747 

shares

टिका कुरुम्बाङ, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रवार भारत भ्रमणमा जादैछन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका विषयलाई लिएर आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको छ । साथै सोहि भ्रमणमा चारजना मन्त्री पनि सहभागी हुने बताइएको छ ।

मन्त्रि परिषद्को निर्णय अनुसार उक्त भ्रमणमा परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव सहभागी हुने स्रोतले जनाएको छ ।

शुक्रवार भारत भ्रमणमा निस्कने प्रधानमन्त्री देउवाले शनिवार आफ्ना समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

तीन डिआइजी एआइजीमा बढुवा
त्यसैगरी सोहि मन्त्रिपरिषद्को बैठकले तीन डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले प्रहरीका तीन प्रहरी नायव निरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढ्वा गर्ने निर्णय गरेको हो । उक्त बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।
चैत १ गते गृहमन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले सिंह, पन्त र धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सोहि सिफारिसलाई मन्त्रिपरिषद्को आजको बैठकले स्वीकृत गरेको हो ।

त्यस्तै बैठकले तेजाब आक्रमणविरुद्ध र यौन हिंसाविरुद्धको अध्यादेश ल्याउने निर्णय गरेको छ ।

वि.सं.२०७८ चैत १७ बिहीवार ११:२९ मा प्रकाशित

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...